खोज–अनुसन्धान

कपिलवस्तु १ मा एमालेका अधिकारीको १ हजार बढीको अग्रता : शुद्धोधनका सबै वडामा गठबन्धन पछि परयो




कपिलवस्तुको क्षेत्र नं १मा एमालेका बलराम अधिकारीले शुरुवाती रुपमा कायम गरेको अग्रता १२ हजार मत गन्दा सम्म कायमै रहेको छ । कपिलवस्तुको क्षेत्र नं १ को २ का शुद्धोधनका ४ वडामा मतगणना सकिएको छ ती सबै वडामा अधिकारीले गठबन्धनलाई उठ्नै नदिएर पछि पारेका छन् । सत्ता गठबन्धनवाट माओवादी केन्द्रका केन्द्रिय सचिव समेत रहेकापूर्वमन्त्री चक्रपाणी खनाल बलदेवलाई अधिकारीले १०८२ मतले पछि पारेका छन् । जुन स्थानको मतपरिणाम आएको छ त्यहावटा गठबन्धनले एमालेलाई निकै पछि पार्ने विष्लेष्ण गठबन्धनले गरेको एक नेताले वताए । एमालेका नेता बजरंगी कुर्मी भने एमालेले प्रदेश २ मासहजै अग्रता लिने स्थिती पहिलेवाटै भएको दावि गर्छन ।

एमालेमा ठूलो शक्ति प्रबेश गरेकाले गठबन्धन भन्दा एमाले त्यसै बलियो थियो । तर गठबन्धनलाई एमालेमा प्रबेश गरेकाले एमालेलाई धोका दिन्छन् भन्ने भ्रम थियो त्यो भ्रम हामीले चिरेका छौ मायादेविका पूर्व पालिका अध्यक्ष समेत रहेका एमाले नेता बजंगी कुर्मीले भन्नु भयो । । प्राप्त मत परिणाम अनुसार एमालेका उम्मेदवार शुद्धोधनका अधिकारीले वडा नं १ मा ९७८ २ मा ७६० , ४ मा ५०६ ५ मा १२१९मत हासिल गर्नु भएको छ। यसै गरी सत्ता गठबन्धनका बलदेवले क्रमश ,५२२,५८८,४२१ र ८८१ मत ल्याउनु भएको छ । चार वडामा एमालेका अधिकारीले ३४६३ मत ल्याउदा गठबन्धनका खनालले २४१२ मत ल्याउनु भएको छ । जस अनुसार अधिकारी १०५१ मतले अगडाी रहनु भएको छ ।

प्रकाशित : ६ मंसिर २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६