अर्थ-वाणिज्य

कपिलवस्तुमा आजै रातीवाट मतगणना हुने : ६५ प्रतिशत भन्दा माथी मत खसेको अनुमान




कपिलवस्तु ४ मंसिर । कपिलवस्तुमा आजै रातीवाट मतगणना गर्ने तयारी भएको छ । कपिलवस्तुको क्षेत्र नं १ का निर्वाचन अधिकृत शिव प्रसाद पराजुलीले मतपेटीका आइसकेपछि सर्ब दलिय बैठक राखेर आचार संहित वनाउने र रातीवाटै मतगणना शुरु गर्ने तयारीम रहेको वताउनु भयो । सबै भन्दा पहिला संघको त्यसपछि प्रदेश उहाले मत गणना १.१ र १.२ को क्रमश हुने र अन्त्यमा समानुपातिक मत गणना हुने उहाले वताउनु भयो ।

जिल्ला निर्वाचन अधिकारी राजिव पन्थीका अनुसार कपिलवस्तु क्षेत्र न. १ को मतगणना बाणगंगा वडा न. ४ मा रहेको बाणगंगा माध्यामिक विद्यालय गजेहडामा हुने भएको छ । त्यस्तै क्षेत्र न. २ को कपिलवस्तु नगरपालिकाको सभाहल तौलिहवा र क्षेत्र न. ३ को नेपाल राष्ट्रीय माध्यामिक विद्यालय चन्द्रौटा मा हुनेछ । निर्वाचन अधिकारी पन्थीले समंग्र जिल्लामा ६५ प्रतिशत भन्दा माथी मत खसेको अनुमानित विवरण आएको बताउनु भयो । चिन्हका आधारमा चटटा लगाएर नोट गने जस्तै गरी मतपत्र गन्ने भएकाले नतिजा छिटटै आउने वताइन्छ ।

प्रकाशित : ४ मंसिर २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल