बिजनेस

नेकपा माओवादीमा पराकम्प जाने क्रम रोकिएन



कपिलवस्तु, २९कात्तिक । केहिदिन अघि नेकपा माओवादी केन्द्रका पूर्व पोलिट ब्यूरो सदस्य एवम केन्द्रिय सल्लाहकार भानु प्रकाश श्रेष्ठ ,प्रदेश कमिटी सदस्य विमला चौधरी , जिल्ला नेता एवम निवर्तमान वडाध्यक्ष सोमनाथ अर्याल लगायतका ७ सय बढी नेता कार्यक्र्ता एमाले प्रबेश गरेर माओवादी बाणगंगामा आएको भूकम्पको पराक्रम्प जाने क्रम रोकिएको छैन। सोही सिलसिलमा फेरी २५ जना आजपनि एमालेमा प्रबेश गरेका छन् ।पछिल्लो समय नेकपा (एमाले) मा पार्टी प्रवेश गर्नेको लहर लागेको छ । आसन्न प्रतिनिधि तथा प्रदेश सभा नजिकिएसंगै देशको विकास गर्ने पार्टी एमाले रहेको भन्दै अन्य पार्टी परित्याग गरि प्रवेश गर्नेको भिड लागेको हो ।

सोहि क्रममा एमाले नेता सोमनाथ अर्यालको पहलमा कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ मा अन्य पार्टी परित्याग गरि २५ जना एमालेमा प्रवेश गरेका छन् ।प्रवेश गर्नेहरुमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका रहेका थिए । नवप्रवेशीहरुलाई एमाले केन्द्रिय लेखा आयोगका उपाध्यक्ष तथा क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्य पदका उम्मेद्वार बिष्णु पन्थीले स्वागत गर्नुभएको थियो । स्वागत गर्दै उम्मेद्वार पन्थीले एमाले रोजेकोमा धन्यवाद दिंदै मतको सदैव कदर गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

वडा नं. ११ मा सोमनाथ अर्यालको पहलमा पार्टी प्रवेश गर्ने लर्को लागिरहेको छ । अब वडा नंं ११ मा एमाले बलियो र मजबुद बन्ने नेता अर्यालले बताउनुभएको छ । यस अगाडि सोहि वडामा सोमनाथ अर्यालको पहलमा विभिन्न टोलका ५ सय बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । पछिल्लो समय एमालेमा प्रवेश गर्नेको लहर लागेको छ ।

प्रकाशित : २९ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६