प्रदेश

भिटामिन ‘सी’ औषधि गुणस्तरहीन पाइएपछि बजारबाट फिर्ता गर्न विभागको निर्देशन




काठमाण्डौ, २९ कार्तिक । काभ्रेको बनेपामा रहेको क्युरेक्स फार्मास्युटिक्ल्स कम्पनीले उत्पादन गरेको भिटामिन ‘सी’ औषधिको बिक्रीवितरण रोक्न औषधि व्यवस्था विभागले निर्देशन दिएको छ । विभागले बिक्रीवितरण रोकेर बजारबाट औषधि फिर्ता गर्न सूचना निकालेर निर्देशन दिएको हो ।

माइभिट–सी औषधिको नमुना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर रहेको पाइएको विभागले जनाएको छ । विभागले केही दिन अघि मात्रै बायोकल–डी र एसभीट औषधि बजारबाट फिर्ता गर्न निर्देशन दिएको थियो ।

विभागले फिर्ता गर्न भनेको औषधि बायोकल–डी रुपन्देहीको तिलोत्तमा र एसभीट काठमाण्डौको गठ्ठाघरमा उत्पादन हुने गरेको थियो ।

प्रकाशित : २९ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६