अन्तर्राष्ट्रिय

अमेरिकामा गोली चल्दा तीन जना फुटबल खेलाडीको ज्यान गयो



काठमाडौं २९ कात्तिक : अमेरिकामा गोली चल्दा ३ जना फुटबल खेलाडीको ज्यान गएको छ । युनिभर्सिटी अफ भर्जिनिया फुटबल टोलीका सदस्यलाई गोली हानी हत्या गरिएको हो । आइतवार बेलुका फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चलेको थियो ।
ज्यान गुमाउनेमा विद्यार्थी डेभिन चन्डलर, डिसेन पेरी र रिच हिल रहेका छन् । घटनामा अरु दुई जना घाइते भएका बीबीसीले जनाएको छ । गोली चलाएको आरोपमा एक जना पक्राउ परेका र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
भर्जिनिया विश्वविद्यालय देशको सबैभन्दा प्रतिष्ठित मध्ये एक मानिन्छ । साथै अमेरिकाका सार्वजनिक विश्वविद्यालयमध्ये तेस्रो स्थानमा छ ।

प्रकाशित : २९ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६