अर्थ-वाणिज्य

प्रचण्डले तनहु पुगेर देउवालाई प्रधानमन्त्री नमान्ने संकेत गरे




तनहुँ २९ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तनहु पुगेर शेरवहादुर देउवालाई प्रधानमन्त्री नमान्ने संकेत गरेका छन् । कांग्रेस नेता रामचन्द्र पौडेलको प्रधानमन्त्री बन्ने इच्छा पूरा हुने सम्भावना बढेको बताएर यस्तो संकेत गरेका हुन् ।तनहुँमा आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी ओलीले संसद् विघटन गरेपछि अहिलेको पाँच दलीय गठबन्धन बनाउन ठूलो भूमिका निर्माण गरेकाले रामचन्द्र पौडेललाई आगामी निर्वाचनपछि देशको कार्यकारी प्रमुख बन्ने सम्भावना बढेको बताए ।
उनले भने, ‘पौडेलजी गठबन्धन निर्माण गर्ने नेता हो । उहाँको एक पटक देशको कार्यकारी प्रमुख बन्ने इच्छा छ । त्यो सम्भावना बढ्यो । तपाईँहरूले थोरै मतले जिताउनुभयो भने त्यो सम्भावना कम हुन सक्छ । त्यस कारणले पौडेलजीलाई अत्यधिक बहुमतले जिताएर पठाउनुहोस् ।’प्रचण्डले गोर्खाबाट आफू उम्मेदवार भएको, तनहुँबाट पौडेल र लमजुङबाट माओवादीका महासचिव देव गुरुङ उम्मेदवार भएकाले यो क्षेत्रको विकासमा एकीकृत ढङ्गले लाग्ने बताए । प्रचण्डले केपी ओलीले दुई दुई पटक संसद् विघटन गरेर जनतासँग फेरि भोट माग्ने हैसियत गुमाएको बताए ।

प्रकाशित : २९ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६