खोज–अनुसन्धान

चकलेट वाडेर मतदाता झुक्काउन कांग्रेस र लोसपा सकृय




रुपन्देही २८ चैत । निर्वाचनको प्रचारप्रसारमा दलहरूले फरक ढंगले मतदातालाई आकर्षित गर्ने प्रयास गरेका छन् । रुपन्देही ३ मा चकलेटमा चुनाव चिह्न राखेर प्रचार प्रसार भइरहेको छ । कांग्रेस र लोसपाका उम्मेदवारले प्रचारप्रसारका क्रममा चकलेटमा दलको चुनाव चिह्न छापेर बाँडेका हुन् ।जसपा उम्मेदवारले बाँडेको चकलेटको खोलमा रातो रंगको साइकल र उक्त साइकलमाथि हरियो रंगको स्वस्तिक छापा लगाएको र साइकलमा भोट हालौ साथी लेखिएको छ । त्यस्तै चकलेटमा हरियो रंगको रुख चिन्हमा रातो रंगको स्वस्तिक छाप तथा रातो रंगको अक्षरले चुनाव चिन्ह रुखमा भोट हालौ साथी लेखिएको छ । उक्त चकलेट भैरहवाको एक कम्पनीले उत्पादन गरेको हो ।
भैरहवा क्षेत्रमा देखिएका ती चकलेट कसले बनाएको भन्ने नखुले पनि गठबनधनको प्रचार प्रसारमा त्यो चकलेट प्रयोग भएको छ । कांग्रेसबाट निर्वाचित एक जनप्रतिनिधिले त्यो चकलेट गठबन्धनकै कार्यक्रमको पृष्ठभूमिमा हातमा लिएर सामाजिक संजालमा पोस्ट गरेका छन् । यो क्षेत्रबाट पाँचदलीय गठबन्धनबाट गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण र प्रदेश सभा सदस्यद्वय लोसपाका सन्तोष पाण्डे र कांग्रेसका रामचन्द्र ढकाल उम्मेदवार छन् । निर्वाचन आचार संहिताविपरीत चुनाबको मुखमा गृहमन्त्रीको हस्ताक्षरसहितको अवार्ड बाडिएको छ । सो अवार्ड प्रशासनले नबाँड्न आग्रह गरेपछि आफ्नो सहोदर भाइ रामकृष्ण खाणको आतिथ्यतामा बाडिएको थियो । उनी नेपाली कांग्रेस रुपन्देहीको सभापति र तिलोत्तमा नगरको प्रमुखसमेत हुन् ।
निर्वाचन अनुगमन आचार संहिता अनुगमन समिति रुपन्देहीको संयोजक विष्णु ज्ञवालीले मिठाईको खोलमा रुख र साइकल चुनाव चिन्ह राखेर बाँडेको भेट्टाएको बताए । उनले भने, ‘हामीले कारबाहीका लागि आयोगमा लेखी पठाएका छौं, आचार संहिता उल्लंघन गर्ने जोसुकै भए पनि कारबाहि हुन्छ ।’

प्रकाशित : २८ कार्तिक २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६