खेलकुद

नवलपरासीका रोहितकुमार बने नेपाली क्रिकेट टिमका कप्तान



परासी २६ कार्तिक । नेपाल क्रिकेट संघ ९क्यान०ले पश्चिम नवलपरासी बर्दघाट–१४,बुद्धबस्तीका रोहितकुमार पौडेललाई नयाँ कप्तान नियुक्त गरेको छ । सन्दीप लामिछाने निलम्बनमा परेपछि राष्ट्रिय टिमको कप्तान पदमा बर्दघाट–१४,बुद्धबस्तीका रोहितकुमार पौडेललाई नियुक्त गरेको हो।
क्रिकेट संघले शुक्रबार साँझ रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो । नेपालले यही कात्तिक २८ देखि घरेलु मैदान युएईविरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय ९ओडिआई० शृंखला खेल्दैछ । त्यसैको पूर्वसन्ध्यामा क्यानले नयाँ कप्तान नियुक्त गरेको हो । केन्या टुरमा रोहितले ५० ओभरको खेलमा नेपालको कप्तानी गरिसकेका छन् ।
यसअघि सन्दीप कप्तान हुँदा रोहित उपकप्तान थिए । रोहितले नेपालको यू–१९ उमेर समूहको कप्तानी गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक पूरा गर्ने विश्वकै कान्छो खेलाडी बनेर विश्व रेकर्ड कायम गरेका नवलपरासीको बर्दघाट–१४,बुद्धबस्तीका रोहित कुमार पौडेलले शुरुमा नवलपरासीमा रहँदा टेनिस बल क्रिकेटवाट आफ्नो यात्रा शुरु गरेका थिए ।
क्रिकेट भनेपछि भुतुक्कै हुने रोहितले पढाइभन्दा क्रिकेटलाई बढी महत्व दिन थालेपछि रोहितका बाबु कुमार पौडेल र दाई राजु पौडेलले उनलाई काठमाडौँ क्रिकेट सिक्न पठाएका हुन । काठमाडौँमा बालुवाटार क्रिकेट एकेडेमीमा भर्ना भएर क्रिकेट सिकेसंगै रोहितले त्यसपछि तीन महिना दिल्लीमा पनि क्रिकेट प्रशिक्षण गरेको रोहितका दाजु राजु पौडेलको भनाई रहेको छ ।

प्रकाशित : २६ कार्तिक २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६