खेलकुद

आजदेखि रुपन्देहीमा जुनियर क्रिकेट लिग सुरु हुँदै



बुटवल २४ कार्तिक । क्रिकेटर शक्ति गौचनको स्टार क्रिकेट एकेडेमीले आज बुधबारदेखि रुपन्देहीमा जुनियर स्टार क्रिकेट लिग २०७९ गर्ने भएका छन । आजको उद्घाटन खेल देवदहस्थित क्रिकेट मैदानमा हुने भएको छ । कारोलिनास रुपन्देही जुनियर स्टार क्रिकेट लिग २०७९ मा ६ टिमले प्रतिस्प्रर्धा गर्दै छन् ।
रुपन्देही क्रिकेट खेलको उवर्भरभुमी भएको दाबी गर्दै गौचनले लामोसमयको तयारी गरि खेलाडी छनौट पुरा गरि टिम तयार गरेको बताए । मदन भण्डारी स्पोर्टस एकेडेमीबाट प्रतियोगिताको पुरस्कार तथा स्थानीय विद्यालयहरुबाट खेलाडीको ड्रेस सहयोग भएको उनले बताए । स्थानीय पालिकाहरुबाट प्रत्येक टिमको २० खेलाडीहरु छनौट गरेको उनले बताए । ४० ओभरको खेलमा खेलाडीहरु आफ्नो ब्याटिङ र बलिङको प्रर्दशन गर्ने राम्रो अवसर पाउने उनले बताए । प्रतियोगिताको उपाधि विजेता टिमले नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद १० हजार रुपैया कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि विद्यागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए ।
प्रतियोगितामा सिद्धार्थनगर वरियर्स, ओमसतिया स्टार्स, तिलोत्तमा टाईटन्स, बुटवल युनाईटेड, देवदह ड्रागन र जिबिआईसिए सैनामैना गरि ६ टिमहरु बिचमा खेल हुनेछन । बुधबार उद्घाटन खेलमा देवदह ड्रागन र जिबिआईसिए सैनामैना खेल्ने छन । प्रतियोगिताको अनुमानित खर्च ५ लाख रुपैया रहेको उनले बताए । होम टु अवेका आधारमा खेलाइने क्रिकेट लिग अन्तरगत प्रत्येक टिमले आफ्नो पालिकामा रहेका ग्राउडमा समेत खेल खेल्न पाउने छन् ।

प्रकाशित : २४ कार्तिक २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६