अर्थ-वाणिज्य

हावादारी घोषणा पत्र : सत्ता गठबन्धनका नेताले गर्छु भनेको काम २ वर्ष अघि नै भई सकेको पुष्टि




कपिलवस्तु २३ कात्तिक। कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा र प्रदेश सभाका नेपाली कांग्रेसका उम्मेदवारले दुई वर्षअघि नै सकिएको काम गर्ने प्रतिबद्धतासहितको घोषणा पत्र ल्याएका छन् ।कपिलवस्तु क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सुरेन्द्रराज आचार्य तथा प्रदेश सभा सदस्य उम्मेदवार विक्रम सिंह थापा र सुधाकर पाण्डेले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा कपिलवस्तु अस्पतालमा आईसीयू बेड विस्तार एवं बच्चाहरुको लागि एनआईसीयू कक्ष स्थापनामा सहयोग गर्ने उल्लेख छ ।उनीहरुको ३० बुँदे घोषणापत्रको बुँदा ४ मा लेखिएको छ, ‘कपिलवस्तु अस्पतालमा आईसीयू बेड विस्तार एवं बच्चाहरुको लागि एनआईसीयू कक्ष स्थापनामा सहयोग गर्ने ।’तर उनीहरुले उल्लेख गरेको कपिलवस्तु अस्पतालमा २०७७ साल चैत २४ गतेदेखि आईसीयू र एनआईसीयू सेवा सञ्चालनमा आएको थियो ।

प्रकाशित : २३ कार्तिक २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६