खोज–अनुसन्धान

पार्टी केन्द्रले कारवाही गरेपनि कांग्रेस कार्यकर्ताले जिताएरै छाड्छन: ललित गुरुङ




कपिलवस्तु २३ कार्तिक ।नेपाली कांग्रेसका स्थापित नेता ललित गुरुङले पार्टी केन्द्रले कारवाही गरेपनि आफू बिचलित नहुने बताउनु भएको छ। उहाले मलाई कांग्रेस कार्यकर्ताले नै जिताउछ्न जितेपछि पनि कांग्रेस नै रहन्छु भन्दै भ्रममा नपर्न अपिल गर्नु भएको छ । नेपाली कांग्रेस केन्द्रले कपिलवस्तु जिल्ला कार्य समिति सदस्य ललित गुरुङलाई कारबाही गरेको समाचार आएसंगै उहाले यस्तो प्रतिकृया दिनु भएको हो । कपिलवस्तु १ मा प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका गुरुङलाई कांग्रेसले कारबाही गरेको भन्दै समाचार आएपछि प्रतिकृया सार्वजनिक भएको हो ।

कांग्रेसको केन्द्रीय अनुशासन आयोगले गुरुङसहित देशभरका ७४ जनालाई कारवाही गरेको वताइएको छ । यहाँ गठबन्धनबाट माओवादी केन्द्रका चक्रपाणी खनाल ‘बलदेव’ सत्ता गठबन्धनका उम्मेदवार हुनुहुन्छ ।गुरुङ स्वतन्त्र उम्मेदवार बनेपछि गठबन्धनलाई निकै सकस भएको आकलन गरिएको छ । अहिले सम्म प्राप्त विवरण अनुसार गुरुङ त्रिपक्षिय प्रतिस्पर्धामा बलियो रहनु भएको छ। लामो समय कांग्रेसमा काम गरेर त्याग इमान्दारीता र सहनशिलताका प्रतिक बनेका गुरुङले पार्टीले गरेको कारवाहीपछि पनि विचलित नभई कांग्रेस नै भई राख्ने वताएपछि उहाको कांग्रेस प्रतिको समर्पण कति रहेछ र पार्टीले उहा जस्ता कार्यकर्ताको भावना कहिले बुझ्ला भन्ने प्रश्न खडा भएको छ ।

प्रकाशित : २३ कार्तिक २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६