जीवनशैली

इन्जिनियर शर्मा चुनाव जितेर देशकै कान्छो सांसद बन्न चाहान्छन्




कपिलवस्तु, १७ कार्तिक ।कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेद्धारी दिएका इन्जिनियर देवेन्द्र कुमार शर्माको कपिलवस्तु देखि राजधानी सम्मै चर्चा चुलिएको छ । इन्जिनियर शर्माले हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह लोरो लिएर कपिलवस्तु एक बाट उम्मेद्धारी दिएका हुन् । उनी देशभरबाट उम्मेद्धारी दिएकाहरु मध्ये प्रतिनिधि सभाका लागि सबैभन्दा कान्छो उम्मेद्धार भएको भन्दै उनको कपिलवस्तु देखि काठमाण्डौँ सम्मै चर्चा चलेको छ ।

नेपाल सरकारका पूर्व सचिव समेत रहेका सामाजिक अभियान्ता भिम उपाध्यायले उम्मेद्धार शर्माको विषयलाई आफ्नो सामाजिक सञ्जालबाट सार्वजनिक गरेसँगै उनको चर्चा थप चुलिएको छ । यस बाहेक कपिलवस्तुमा समेत पूर्व मन्त्रीसँगै चुनावी प्रतिसप्रर्धामा उत्रिएका शर्मा कलिलो उमेरमै जनताबाट निर्वाचित हुन आँट भएको भन्दै सर्वसाधारणमा समेत चर्चा हुने गरेको छ यता उम्मेद्धार शर्माले भने कपिलवस्तुका जनताले जिल्लाको क्षेत्र नम्बर १ को विकासका लागि नयाँ उम्मेद्धार खोजिगरेका बेला यहाँका ठूला दलहरुले नयाँ अनुहार दिन नसकेपछि आफुले उम्मेद्धारी दिएको बताउने गरेका छन् । उनले यहाँको विकासका लागि भिजन पनि आफूसँग भएको र इन्जिनियर पनि भएकाले यहाँको भौतिक पूर्वाधारको क्षेत्रमा अभूतपूर्व प्रगति गर्न सक्ने योजना पनि आफूसँग भएको बताएका छन् ।

उमेरले २६ वर्षका शर्मा उम्मेद्धारी दिनुअघि कपिलवस्तुका विभिन्न क्षेत्रमा बनेका सडक पूर्वाधारमा इन्जिनियरको भुमिकामा समेत थिए । उनले थुप्रै सडक आयोजनामा काम पनि गरेका छन् । विकासको नक्सा बनाएर मात्रै नहुने भन्दै उनले अब ससंदमै पुगेर त्यसको लागि बजेट विनियोजन र कानुन निर्माणमा पनि सहभागि बन्ने बताए । यसपटकको निर्वाचनमा कपिलवस्तुका जनताले नयाँ र योग्य उम्मेद्धारलाई जिताउनेमा उनी ढुक्क पनि छन् ।

प्रकाशित : १७ कार्तिक २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६