ब्रेकिंग न्युज

अध्यक्ष शर्माद्धारा छठ पर्व २०७९ को अवसरमा शुभकामना ब्यक्त



कपिलवस्तु, कात्तिक १३
नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माले सांस्कृतिक, ऐतिहासिक, धार्मिक महत्व बोकेको हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व छठ पर्व २०७९ सालको अवसरमा शुभकामना सन्देश जारी गर्नु भएको छ । जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा जारी शुभकामना सन्देशमा नेपालका तराई क्षेत्रमा धुमधामका साथ मनाइने यस छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजु भाई दिदी वहिनीहरु प्रति सु–स्वास्थ्य, दीर्घायूको एवम् समृद्धिको कामना गर्दछौं भनिएको छ । जारी शुभकामना सन्देशमा संस्कृतिका माध्यमबाट समाजलाई समुन्नत बनाउन छठ पर्व २०७९ ले सफलता प्राप्त गर्ने विश्वास ब्यक्त गर्दछौं भनिएको छ । जिल्ला अध्यक्ष शर्माद्धारा जारी सन्देशमा आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधी सभा निर्वाचनमा जनताले स्वत स्फूर्त रुपमा आफ्नो मताधिकार प्रयोग गर्ने विश्वास प्रकट गर्दै राजनैतिक दलहरुबीच पूर्णरुपमा निर्वाचनका आचारसंहिता पालन गर्दै स्वस्थ, मैत्रीपूर्ण, प्रतिस्पर्दाबाट निर्वाचन सम्पन्न हुनेमा आफ्नो पार्टी विश्वस्त रहेको जारी सन्देशमा भनिएको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।

प्रकाशित : १३ कार्तिक २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६