खेलकुद

शुसान्त थापाले जिते ‘साइकल प्लाङक व्यालेन्स’ प्रतियोगिताको ५० हजार पुरस्कार



कपिलवस्तु, १५ असोज ।
कपिलवस्तुको बाणगंगामा नेपालमै पहिलो पटक आयोजना गरिएको साइकल प्लाङक ब्यालेन्स प्रतियोगितामा बाणगंगाका शुसान्त थापाले प्रथम स्थान सहित ५० हजार पुरस्कार हात पारेका छन् । थापाले १२.३७ सेकेन्डमा ४४ मिटर दुरी पार गर्दै प्रतियोगीताको उपाधि जितेका हुन् ।

लायन्स क्लव अफ कपिलवस्तुले शनिबार आज राजापानी पोखरीमा आयोजना गरेको पानी माथि बनाइएको ट्रयाकमा साइकल चलाउने प्रतियोगिता (साइकल पलाइङ ब्यालेन्स) मा सहभागि १ सय २९ जना प्रतियोगिहरुलाई पछि पार्दै थापा प्रतियागिताको बिजेता बनेका हुन । पानी माथि ट्रयाक बनाएर खेलिने खेल लायन्स क्लब अफ कपिलवस्तुको आयोजना थियो ।
प्रतियोगीताको पहिलो चरणमा ८ जनाले दुरी पार गरेका थिए । खेलमा रुपन्देही सैनामैनाका रिजन बन्जाडे द्धितिय भए । उनले रु २५ हजार प्राप्त गरे भने १५.०७ सेकेन्डको दुरीमा लक्ष्य चुमेका थिए ।

कपिलवस्तुका शौरभ शर्मा तृतिय हुँदा सुदीप घिमिरेले सान्त्वना स्थान प्राप्त गरेका छन् । शर्माले १५ हजार पाएका छन् भने १६.२८ सकेण्डमा दुरी पार गरेका थिए । घिमिरेले स्मार्ट वाच पाएर चित्त बुझाए भने १६.५६ सकेण्डमा लक्ष्य चुमेका थिए ।

दोस्रो चरणमा ८ जना बीच भएको प्रतिस्पर्धामा ६ जनाले दुरी पार गरे पनि २ जना बीचमै असफल भएका थिए । ६ जना बीच दुरी पार गरेको समयलाई आधार बनाई विजेता बनाइएको निर्णायक समितिका संयोजक नबदत्त घिमिरेले बताए ।

सामाजिक तथा मानवीय कार्यमा क्रियाशिल लायन्स क्लव अफ कपिलवस्तुले आयोजना गरेको साहसी र अनौठो प्रतियोगिता हो । राजापानीको पर्यटकीय महत्व प्रवद्र्धन गरि पर्यटकको संख्यामा वृद्धि गर्न र मनोरन्जन प्रदान गर्ने यो साहसी र नौलो प्रतियोगिता आयोजना गरिएको लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष राम शुभागे थारुले बताएका छन् । प्रतियोगितामा कपिलवस्तु, रुपन्देही, दाङ र बाँके जिल्लाबाट प्रतियोगिहरुले सहभािगता जनाएका थिए ।

प्रतियोगितामा सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै ईलाका प्रहरी कार्यालय पिपरा, नेपाल प्रहरी, एपिएफले सुरक्षा प्रदान गरेका थिए भने स्वास्थ्य सुरक्षाको लागि प्राथमिक उपचार, एम्बुलेन्सका लागि सि एण्ड सी अस्पतालसंग पनि सहकार्य गरिएको थियो । यद्यपी कसैलाई पनि कुनै क्षेती नभएको जनाइएको छ ।

सम्पन्न कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष राम शुभागे थारुको अध्यक्षता सहित निर्वतमान प्रदेश सभा सदस्य विष्णु पन्थीको प्रमूख अतिथ्यता रहेको थियो ।

कार्यक्रममा निवर्तमान सासंद पन्थीले लायन्स क्लव अफ कपिलवस्तुले जिल्लाका लागि मात्रै नभई देशकै लागि एउटा नयाँ प्रयोग भित्राएको बताए । सामाजिक संजालहरुमा अन्य देशमा भएका प्रतियोगिता हेर्ने गरिएकोमा लायन्सको सक्रियताले आफ्नै देशमा त्यो पनि आफ्नै ठाउँमा आयोजना गर्न सफल भएकोमा खुसी पनि व्यक्त गरे ।

यस्तै कार्यक्रममा बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले सामाजिक क्षेत्रमा क्रियाशिलतालाई लायन्स क्लवले अब नयाँ प्रयोगका विषयमा पनि जोड दिएकोमा धन्वयवाद दिएक थिए । उनले आन्तरिक पर्यटन प्रर्वद्धन गरी यहाँ पर्यटकहरु भित्राउन सके यहाँको विकासका गतिविधिमा पनि सहजता थपिने बताएका थिए ।

कार्यक्रम लायन्स क्लव अफ कपिलवस्तु साइकल पलाइङ ब्यालेन्सका कार्यक्रम विष्णु घिमिरेको स्वागत र सचिव शान्तराज गैरेको संचालनमा सम्पन्न भएको थियो ।

प्रतियोगिता हेर्नका लागि बाणगंगा सहित कपिलवस्तु, रुपन्देही लगाएतका जिल्लाका नारिकहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित : १५ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६