बुटवल १४ असोज । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कालिगण्डकी तिनाउ डाईभरसन मुलुककै खाद्य संकट समाधानका लागि कोशेढुगा सावित हुने भएता पनि सरकारले यसमा ध्यान दिन नसकेको गुनासो गरे ।लुम्बिनी प्रदेशको राष्ट्रिय योजना आयोगले तयार पारेको वार्षिक प्रतिवेदन विहिवार बुझदै प्रदेश प्रमुुख शेरचनले यस्तो गुनासो गरेका हुन् । योजना आयोगले यो परियोजनालाई समावेश नगरेको र सरकारले ल्याएको नीति तथा कार्यक्रममा समेत नसमेटिएको भन्दै सरकारले यसलाई प्राथमिकता दिन आग्रह गरे ।
कालिगण्डकी नदी गण्डकी र लुम्बिनी प्रदेशको चासोको विषय भए पनि लुम्बिनी सरकारले यो परियोजनालाई साकार पारेर तराईको भूभागमा सिचाई गरी उत्पादन बढाउन सकिेन र यी प्रदेश मात्र नभई मुलुककै खाद्य संकट टार्न महत्व पूर्ण परियोजना हुने जिकिर गरे । कार्यक्रममा लुम्बिनी प्रदेश राष्ट्रिय योजना आयोगका उपाध्यक्ष वामदेब क्षेत्री घिमिरेले प्रदेशलाई आर्थिक विकासको दीगो लक्ष्यमा पुराउनका लागि आयोगले विभिन्न विषयका एजेन्डालाई प्राथमिकता दिन सरकारलाई सुझाएको बताए।
उनले पर्यटनको विकासलाई प्राथमिकता राखेर लुम्बिनी देखि कोरोलानाका जोडने गरि पर्यटन सक्रिणको रुपमा विकास गर्न र लुम्बिनी प्रदेशमा एमटीएफ, परियोजना वैक र वित्तिय संमानिकरण जस्ता परियोजनालागु गर्न सुझाएको बताए । योजना आयोगले दिएका विषय बस्तुलाई सरकारले लागु गरेमा प्रदेश मुलुककै नमूना बन्ने संभावना रहेको पनि सो अवसरमा औल्याईएको थियो ।
१४ आश्विन २०७९, शुक्रबार
प्रतिक्रिया