अन्तर्राष्ट्रिय

युक्रेनका चार वटा भू–भाग गाभिएको औपचारिक घोषणा गर्दै रुस




रुसले आज युक्रेनका चार वटा भू–भाग गाभिएको औपचारिक रुपमा घोषणा गर्ने तयारी गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लुहान्स्क, डोनेट्स्क, जापोरिजिया र खेअर्सनलाई औपचारिक रूपमा आफूमा गाभिएको घोषणा गर्न लागेको बीबीसीले जनाएको छ ।

राजधानी मस्कोको रेड स्क्वायरमा घोषणा कार्यक्रमका लागि मञ्च तयार पारिएको छ । यसअघि भएको जनमत सङ्ग्रहमा ती क्षेत्रका धेरैजसो नागरिकले रुसमा गाभिने पक्षमा मत दिएका रुसी अधिकारीले दाबी गरेका छन् । रुसको पछिल्लो कदमले सन् २०१४ मा क्राइमियालाई आफूमा गाभ्ने कदमको झल्को दिएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो जनमत सङ्ग्रहको कुनै अर्थ नभएको र त्यसले वास्तविकतालाई परिवर्तन गर्न नसक्ने बताउनुभएको छ ।

अमेरिका, युरोपेली सङ्घलगायत पश्चिमा शक्तिले क्राइमियाको जस्तै यो पटकको जनमत सङ्ग्रहलाई पनि अवैधानिक घोषणा गरिसकेका छन् । अमेरिकाले रुसमाथि थप प्रतिबन्धहरू लगाउने जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनी भू–भागमा गरेको दाबीलाई कहिल्यै पनि मान्यता नदिने स्पष्ट पार्नु भएको छ ।

यसअघि संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि रुसलाई युक्रेनी भू–भाग विलयको योजनाबाट पछि हट्न आग्रह गर्नुभएको थियो ।

प्रकाशित : १४ आश्विन २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६