अर्थ-वाणिज्य

२ सांसद सहित नेकपा एसका जिल्ला अध्यक्ष एमालेमा फर्किए




चितवन १४ असोज । नेकपा एकीकृत समाजवादीका दुईजना सांसद तथा केन्द्रीय सदस्यसहित बारा जिल्लाका एक दर्जन नेता नेकपा एमालेमा फर्किएका छन् । नेकपा एसका बारा जिल्ला अध्यक्ष तथा मधेस प्रदेशका सांसद सुन्दर विश्वकर्मा र केन्द्रीय सदस्य तथा अर्की सांसद सीता गुरुङ एमालेमा फर्किएका हुन् ।
विश्वकर्मा प्रत्यक्ष निर्वाचित हुन् । तत्कालीन एमालेका जिल्ला अध्यक्ष विश्वकर्माले पार्टी विभाजनपछि नेकपा एस रोजेका थिए । उनीहरुसहित ११ जना जिल्ला नेता एमालेमा फर्किएका हुन् ।अध्यक्ष केपी शर्मा अ‍ोलीलाई भेटेर एमाले प्रवेश गर्नेमा केन्द्रीय परिषद सदस्य कौशल किशोर सिंह,महेश विश्वकर्मा,दशरथ राम, विद्या थापा, मिन रहपाल, मन्जु खनाल, मन्जु भट्टराई, अच्छेलाल राम, मुक्ति सहनी लगायत छन् ।

प्रकाशित : १४ आश्विन २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६