खोज–अनुसन्धान

स्वच्छ र निष्पक्ष चुनावको पक्षमा प्रेस चौतारीको अन्तरसंवाद



सरिता थारु,
कपिलबस्तु १३ असोज ।नेकपा एमालेका केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज गिरीधारीलाल न्यौपानेले नेपाली जनताले सुर्य चिन्हमा गरेको विश्वास अहिले झनै बढ्दै गएको दाबी गर्नुभएको छ । साथै उहाले यो विश्वासलाई कायम राख्न पार्टीले समेत उल्लेख्य भुमिका निर्वाह गर्दै जाने बताउनुभयो । प्रेस चौतारी नेपाल जिल्ला समिती कपिलबस्तुले आयोजना गरेको विजया दशमी, शुभदिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान एवं स्वच्छ र निष्पक्ष निर्वाचनमा मिडियाको भुमिका विषय अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथीको आसनबाट शुभकामना मन्तव्य राख्दै यस्तो बताउनुभएको हो । यस्तै उहाले बर्तमान सरकारले कृतिम खालको गठबन्धनमा लागेको आरोप समेत लगाउनुभयो । विचार र सिद्धान्त नमिल्ने दल विच गठबन्धन हुनै नसक्ने बताउदै गठबन्धन दलले जनताको समस्या समाधान गर्नुभन्दा पनि पार्टीको स्वार्थ पूर्ति गर्नका लागि मात्रै गठबन्ध गरेको औल्याउनुभयो
यस्तै शुभकामना मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवं जिल्ला इन्र्चाज बलराम अधिकारीले आम निर्वाचन घोषणा भएको अवस्थामा बैधानिक व्यव्स्थालाई कार्यान्वयन गर्दै पत्रकारले बास्तविक सत्यतथ्य सुचना जनता समक्ष ल्याउनुपर्नेमा जोड दिनुभयो । यस्तै नेकपा एमालेका केन्द्रिय लेखा आयोगका उपाध्यक्ष विष्णु पन्थीले निर्वाचनको समयमा जुनसुकै दलहरुले निर्वाचन आचार संहितालाई पालना गरे नगरेको विषयलाई निगरानी गर्दै निर्वाचनलाई स्वच्छ, निस्पक्ष रुपमा सम्पन्न गर्न सहयोग पुर्याउनुपर्ने औल्याउनुभयो । यसैगरी जिल्ला अध्यक्ष डम्मर शर्माले पत्रकार राज्यको चौथो अंगको रुपमा रहेको बताउदै जनतामा भ्रम सृजना हुने खालका समाचार सम्प्रेषण गर्न नहुने बताउनुभयो ।


कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज पार्वती पाण्डेले कार्यपत्र प्रस्तुत गर्दै मिडियाको स्वतन्त्रतामा सरकारको पनि ध्यान जान आवश्यक रहेको उल्लेख गनुभयो । पाण्डेले स्वच्छ , निष्पक्ष र भय रहित निर्वाचनकालागि मिडियाको भूमिका महत्वपुर्ण हुने बताउनु भयो । निर्वाचनको स्वच्छतामा सरकारको ध्यान ,मिडियाको तटस्थता पूर्ण खवरदारी , निर्वाचन आयोगको स्वतन्त्र हैसियत स्थापित हुनु पर्छ । मिडियाको व्यवस्थापन राम्रोसँग गर्न सकिएन भने मिडियाले निर्वाचन परिणामलाई नै प्रभावित गर्न सक्दछ । यसकारण निर्वाचन आयोगले मिडियाको सहभागिता र व्यवस्थापन कुशलतापूर्वक गर्नुपर्छ । मिडियालाई पूर्ण स्वतन्त्र प्रबेशको ब्यवस्था मिलाइनु पर्छ । मिडियाले औल्याएका गंभिर त्रुटीहरुमा आयोगले विशेष ध्यान दिएर निर्वाचन स्वच्छ मर्यादित र भय रहित तुल्याउनु पर्ने लगायतका विषयवस्तुहरु कार्यपत्रमा समेटिएका थिए ।
यस्तै प्रेस चौतारीका केन्द्रीय सदस्य एवं कपिलवस्तु इन्र्चाज अमृता अनमोलले पार्टीकोे घोषणा पत्रमा महिला, बालबालिका, सामाजिक, मौलिक, विपन्न वर्गका कुरा उल्लेख गरेमा समाचार सम्प्रेषण गर्न सहज हुने औल्याउनुभयो । कार्यक्रममा पत्रकार महासघं कपिलबस्तुका जिल्ला अध्यक्ष किरणमान बज्रर्चायले बडा दशै, शुभदिपावलीको शुभकामना दिदै निर्वाचनलाई स्वच्छ, भयरहित वातावरणमा सम्पन्न गर्न मिडियाको अहम भुमिका हुने बताउनुभयो । कार्यक्रम प्रेस चौतारी जिल्ला अध्यक्ष जानु पाण्डेको अध्यक्षता, सचिव सन्जिव गहतराजको संचालन सहसचिव कुलराज भुषालको स्वागत भएको कार्यक्रममा विभिन्न मिडिया आबद्ध पत्रकारहरुको समेत उपस्थिती रहेको थियो ।

प्रकाशित : १३ आश्विन २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६