अर्थ-वाणिज्य

बाणगंगाले गर्यो महत्वपूर्ण निर्णय : यस्ता छन् जनचासोका सवाल




कपिलवस्तु १३ असोज ।बाणगंगा नगर कार्यपालिका बैठकले पुराना घरको अभिलेखीकरणको समय थप गर्ने , नगर शिक्षा समितीम मनोनयन गर्ने , उपभोक्ता मिती गठन र अभिमुखीकरण कार्तिक भित्रै सकिसक्ने , भूउपयोगका लागि बर्गिकरणको काम तत्काल सम्पन्न गर्ने जस्ता महत्वपूर्ण निर्णय गरेको मेयर चक्रपाणी अर्यालले वताउनु भएको छ । चालु आर्थिक बर्ष २०७९/८० उपभोक्ता समिति मार्फत सञ्चालन हुने योजनाहरुको कार्यतालिका बैठकले निर्धारण गरेको छ, जस अनुसार कात्तिकको २१ गते सम्म प्रत्येक वडाहरुमा उपभोक्ता समिति गठन गर्ने र अन्तिम हप्ता अभिमुखिकरण गर्ने निर्णय गरिएकोछ ।

यस्तै स्थानीय भु–उपयोग र भु–वर्गीकरण सम्बन्धमा ११ वटै वडाको भेलाबाट प्राप्त सुझावहरुको बारेमा समिक्षा गरि स्थानीय भु–उपयोग कार्यदलमा छलफलको लागि पठाउने निर्णय गरिएको वडा नं. २ का वडाध्यक्ष समेत रहनुभएका नगरका प्रवक्ता पौडेलले बताउनुभयो । कार्यपालिका बैठकले नगर शिक्षा समितिमा कार्यपालिकाले कम्तिमा १ महिला सहित २ सदस्य मनोनित गर्नुपर्ने प्रावधान अनुसार कार्यपालिका सदस्य शारदा परियार र कमल पौडेललाई मनोनित गरेको छ । पुराना घरनक्सा अभिलेखिकरण गर्ने सम्बन्धमा अभिलेखिकरण गर्ने समय चैत मसान्त सम्म थप गरिएको छ ।बैठकले छाडा चौपाया ब्यवस्थापनका लागि मधुवनधामलाई ब्यबस्थापन खर्च वापत तत्काल २ लाख दिने निर्र्णय गरेको छ जहाँ हाल १ सय बढी छाडा चौपायाहरु रहेको प्रवक्ता पौडेलले बताउनुभयो ।

त्यस्तै विजया दशमीको अवसरमा नगरपालिकाका मातहतका सबै कार्यालयहरुमा राष्ट्रिय झण्डा पुजा गर्ने र विदाको समयमा कार्यालय सुरक्षाका लागि सम्बन्धित वडाध्यक्ष र कार्यालय प्रमुखहरुलाई सो को ब्यबस्था मिलाउने जिम्मेवारी प्रदान गरिएको छ । कार्यपालिका बैठकले विभिन्न महत्वपुर्ण निर्णय गर्दै विजया दशमी, शुभ दिपावली तथा छठ पर्व २०७९ को पावन अवसरमा समस्त नगरवासीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ । कार्यपालिका बैठकले वडा नं.१० बाट वडा सदस्यमा निर्वाचित कार्यपालिका सदस्य दानु घर्तीको निधनको शोकमा १ मिनेट मौनधारण गरिएको नगर प्रवक्ता बिष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो ।अन्तिममा कार्यपालिका बैठकले कार्यपालिका सदस्य घर्तीको निधनको शोकमा हार्दिक श्रद्धाञ्जली सहित शोक प्रस्ताव समेत पारित गरिएको छ ।मेयर चक्रपाण्ी अर्याल, उप मेयर रीता कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, वडाध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुखहरुको उपस्थितीमा कार्यपालिका बैठक सम्पन्न भएको हो ।

प्रकाशित : १३ आश्विन २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल