प्रदेश

बुटवल उपमहानगर प्रमुख पाण्डेको शब्दले पत्रकारको अपमान : पत्रकार महासंघ रुपन्देही



बुटवल १३ आश्विन । बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले पत्रकारप्रति प्रयोग गरेको अपमानजनक शब्दले पत्रकार महासंघ, रुपन्देहीले समग्र पत्रकारप्रतिको अपमान महसुस गरेको जनाएको छ ।
बुधबार उपमहानगरमा आयोजित पत्रकार सम्मेलनमा पत्रकार महासंघ,रुपन्देहीका सदस्य डि।बि।सुस्लिङले राखेको प्रश्न र जिज्ञासामा उपमहानगर प्रमुख पाण्डेले आपत्तिजनक तथा अपमानजनक शब्द प्रयोग गरेका थिए ।
महासंघ रुपन्देहीका सचिव विनोद परियारद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा सार्वजनिक पद धारण गरेको व्यक्तिबाट पत्रकारको प्रतिउत्तरमा प्रयोग गरेको शब्द अपमानजनक रहेको बताउँदै जिम्मेवार बन्न आग्रह गरेको छ ।’
सुस्लिङले समाचारका लागि प्रतिक्रिया लिँदा प्रमुखले ‘तपाइँ नेगटिभ मात्रै लेख्नुहुन्छ ।’ भन्ने प्रसङ्गसहित जिज्ञासा र सुझाव राखेका थिए । जवाफमा उपमहानगर प्रमुख पाण्डेले ‘तपाइँ के लेख्नुहुन्छ, त्यसमा तपाइँलाई लाज लाग्नुपर्ने ’ आशय व्यक्त गरेका थिए।

प्रकाशित : १३ आश्विन २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६