ब्रेकिंग न्युज

रडले हानेर चार वर्षीय भतिजोको हत्या



धनुषा, १३ असोज : धनुषामा काकाको रड प्रहारबाट भतिजोको मृत्यु भएको छ। क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरमा स्थानीय रवि पासवानको रड प्रहारबाट चार वर्षीय बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।बुधबार दिउँसो रविले फलामको रडले हिर्काउँदा उनकै भतिजो चार वर्षीय अनुप पासवानको मृत्यु भएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए। उनका अनुसार रड प्रहारबाट बालक गम्भीर घाइते भएका थिए। स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार बालकको पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको छ। हत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। प्रहरीले रविलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ।

प्रकाशित : १३ आश्विन २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६