अर्थ-वाणिज्य

लुम्विनी प्रदेश सभाको अबैध कार्यक्रम घोषणा : एमाले संसदीय दलले बहिस्कार गर्ने



बुटवल १२ असोज,। लुम्बिनी प्रदेशसभाले प्रदेशसभाका निवर्तमान सदस्यहरुका लागि आयोजना गरेको सम्मान र शुभकामना आदान प्रदान कार्यक्रम विवादित भएको छ ।मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि बुधबारदेखि निर्वाचन आचारसंहिता लागूू भइसकेको छ । निर्वाचन आयोगले असोज २ र ३ गते समानुपातिकको बन्द सूची बुझाएपछि प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिने बताइसकेको छ ।तर लुम्बिनी प्रदेशसभाले असोज १४ गते दाङमा प्रदेशसभाका निवर्तमान सदस्यको शुभकामना आदान प्रदान कार्यक्रम तय गरेपछि प्रमुख विपक्षी एमालेले निर्वाचन प्रभावित गर्ने उद्देश्यले गर्न लागिएको भन्दै उपस्थित नहुने जनाएको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक रहेका भूमिश्वर ढकालले एमालेका ३६ जना सांसदहरुलाई कार्यक्रममा उपस्थित नहुन एसएमएस पठाएका छन् ।‘प्रदेशसभाले आयोजना गरेको कार्यक्रम चुनाव प्रभावित गर्ने हिसाबले एकतर्फी आयोजना गरिएको हो’, ढकालले भने, ‘हामीसँग छलफल पनि भएको छैन, यो सरासर गलत छ ।’प्रदेशसभा सदस्यको हैसियतमा निमन्त्रणा गरिएकाले एमालेको आपत्ति रहेको उनले बताए ।प्रदेशसभा सचिव दुर्लभ पुन मगरले जारी गरेको सूचनामा प्रथम प्रदेशसभाको कार्यकाल सम्पन्न हुन गइरहेकाले असोज १४ गते दिउँसो १ बजे नयाँ प्रदेशसभा भवन मौरीघाट देउखुरीमा सम्मान र शुभकामना कार्यक्रम राखिएको उल्लेख गरिएको छ । जबकी निर्वाचन आचारसंहितामा सरकारले नयाँ नीति, योजना र कार्यक्रम घोषणा गर्न पाउने छैन भन्ने उल्लेख गरिएको छ ।
संविधानमा प्रष्ट नभएपनि समानुपातिकको बन्द सूूची निर्वाचन आयोगमा पेश भएपछि प्रदेशसभा सदस्यहरुको कार्यकाल सकिएको अथ्र्याइएपनि लुम्बिनी प्रदेश सभा सचिवालयले असोज २२ सम्म कार्यकाल रहेको तर्क गरेको छ ।प्रदेशसभा सचिव दुर्लभकुुमार पुन मगरले प्रदेशसभाको आन्तरिक कार्यक्रम भएकाले आचारसंहिता लागूू नहुने दावी गरे । उनले निवर्तमान प्रदेशसभा सदस्यहरुको सम्मानका लागि स्थायी राजधानीमा कार्यक्रम गर्न लागिएको बताए ।यसअघि मौरीघाटस्थित प्रदेशसभा भवन निर्माण नसकिँदै सामान ओसार्न प्रदेशसभाले सुरु गरेको थियो । गठबन्धन दलमै संरचना नबन्दै सामान ओसारेर अलपत्र हुने भन्दै विरोध गरेपछि रोकिएको थियो ।
तर, निर्वाचनलाई मध्यनजर गरी मुख्यमन्त्री कुलप्रसाद केसी र सभामुख पूर्णबहादुर घर्तीको निर्देशनमा रातारात प्रदेशसभाबाट सामान ओसार्न थालिएको हो । प्रदेशसभामा विजुली जडान हुन समय लाग्ने भएपछि बुुटवलबाट जेनेरेटर लगिएको छ । नयाँ प्रदेशसभा भवन अझै पनि पूूरा भइसकेको छैन ।राप्ती प्राविधिक शिक्षालय परिसरमा प्रदेश सभा लागि ५ करोड २१ लाख ९३ हजार रुपैयाँ लागतमा ‘मेटल स्टक्चर’ को भवन निर्माणाधीन छ । भवन निर्माणका लागि लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणल २०७८ वैशाख २४ ठेक्का सम्झौता गरेको थियो ।

प्रकाशित : १२ आश्विन २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६