देश

माओवादीले काम धेरै गर्ने जस अरुले लिने भयोः बलदेब




भगवति न्यौपाने

कपिलवस्तु, १२ असोज ।नेपाल कम्युनिष्ट माओावादी केन्द्रका केन्द्रिय सचिव एवम लुम्बिनी प्रदेश इन्चार्ज चक्र पाणी खनाल बलदेबले माओवादीले काम धेरै गर्ने तर प्रचार पसार कम गर्ने गर्दा जसको जस अरुले पाउने बताउनु भयो । नेपाल कम्युनिष्ट पार्टी माओावादी केन्द्रको वाणगंगा नगर कमिटीको विस्तारित बैठक प्रशिक्षण तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै बलदेबले माओवादीले आफ्ना एजेन्डाहरूलाई स्थापित गर्न अहिले पनि सर्घष गरिरहेको बताउदै निरन्तर जनताको सेवामा लाग्ने बताउनु भयो पुर्व कृषि मन्त्री तथा कपिलवस्तु क्षेत्र नं १ मा माओवादीका तर्फवाट उम्मेदवार सिफारिस हुनु भएका खनालले माओवादी पार्टीलाई कमजोर भन्नेले आफै नै कमजोर भएको बताउदै अघिल्लो चुनावका बाकि प्रतिबद्धता पुरा गर्ने बताउनु भयो।

प्रदेश इन्चार्ज खनालले माओवादीकै कारण संविधान, संघीयता जस्ता महत्वपूर्ण उपलब्धी भएको बताउदै त्यसको रक्षाका लागि माओवादीले नै अग्रसरता देखाउनुपर्नेमा जोडदिनु भयो । कृषि, सिञ्चाई लगायत बाटोघाटो र विकास निमार्णका काम गर्दे आएको उहाँले तर्क गर्नु भयो ।यस्तै केन्द्रिय सदस्य तथा कपिलवस्तु इन्चार्ज कमल चुदालीले माओवादी पाटी समाजवाद तर्फ लागेको बताउदै पार्टीले जनताको जनचाहना अनुरुप काम गर्नुपर्नेमा जोडदिनु भयो । केन्द्रिय सचिवालय सदस्य इसरात अहमदले समाजमा हुने गलत क्रियाकलाप विरुद्ध माओवादीले आवाज उठाउँने बताउनु भयो ।विस्तारित बैठक प्रशिक्षण तथा शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीका प्रदेश सचिवालय सदस्य तथा जिल्ला संयोजक रामचन्द्रशाह विष्णु, प्रदेश सचिवालय सदस्य जनी बञ्जाडे, सुकई थारु, नारायण भुसाल, विष्णु बेल्बासे, शुभाष सल्लानी, पार्टीका केन्द्रिय परिषद सदस्य टिकाराम पन्थी, प्रदेश सल्लाकार भोजराज आचार्य, जिल्ला सल्लाकार तिलोचन भारतिको लुम्बिनी परिषद सदस्य हुमनाथ पौडेल,जिल्ला समन्वय समिति सदस्य टोपनारण बेल्बासे, उपभोक्ता हित तथा संरक्षण मञ्चका रामप्रसाद गैरे,प्रदेश,जिल्ला सल्लाहकार लगायत प्रदेश जिल्ला नेता कार्यकताको उपस्थिति रहेको थियो ।

यता गत स्थानिय चुनावमा मायादेबि गाउँपालिकामा उपमेयरमा नेकपा एसबाट उपमेयरमा उठ्नु भएकी माधुरी अग्रहरी लगायत विभिन्न पार्टी परित्याग गरेर माओवादीमा प्रवेस गरेका छन । नगर कमिटी अध्यक्ष देवराज अर्यालको अध्यक्षता, नगर उपाध्यक्ष टेकेन्द्र क्षेत्रीको मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन नगर सचिव प्रेम विकले गर्नु भएको थियो । नगर कमिटी अध्यक्ष देवराज अर्यालले बैठकको एजेण्डा प्रस्तु गर्नु भएको थियो ।

प्रकाशित : १२ आश्विन २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल