खेलकुद

अन्जन विष्टको ह्याट्रिकसँगै बंगलादेशमाथि नेपालको सानदार जित



काठमाडौं ११ असोज । अन्जन विष्टले ह्याट्रिक गरेपछि नेपालले बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल खेलमा सानदार जित निकालेको छ । दशरथ रंगशालामा मंगलबार साँझ भएको खेलमा नेपालले बंगलादेशलाई ३-१ गोलले हरायो ।
नेपालले सबै गोल पहिलो हाफमा गरेको थियो । नेपालको जितमा अन्जन विष्टले पहिलो हाफमै ह्याट्रिक पूरा गर्नुभएको हो । १८औं मिनेटमा खाता खोल्नुभएका अन्जनले २७औं र ३८औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्नुभएको थियो । उहाँ अन्तर्राष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने नेपालका छैटौं खेलाडी समेत बन्नुभएको छ ।
यसअघि नेपालका लागि गणेश थापा, नरेश जोशी, निराजन राइमाझी,भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गर्नुभएको थियो । यससँगै अन्जनले राष्ट्रिय टोलीका लागि ब्यक्तिगत १० गोल गर्नुभएको छ । बंगलादेशका लागि सजाद होसेनले ५५औं मिनेटमा एक गोल गर्नुभयो ।
यसैबीच बंगलादेशविरुद्ध खेलबाट नेपालका ऋतिक खड्का र आशिष चौधरीले राष्ट्रिय टोलीमा डेब्यू गर्नुभएको छ । ऋतिक ८१औं मिनेटमा सेसेहाङ आङ्देम्वेको स्थानमा तथा आशिष विमल घर्तीमगरको स्थानमा मैदान प्रवेश गर्नुभएको थियो ।

प्रकाशित : ११ आश्विन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६