प्रदेश

भारत हुँदै कुवेत लैजान लागेका चार महिलाको नवलपरासीबाट उद्धार, एक पक्राउ



नवलपरासी ११ असोज । देशका विभिन्न स्थानका महिलाहरूलाई रोजगारीको प्रलोभनमा भारत हुँदै कुवेत लैजान लागेका चार जना महिलाहरूलाई नवलपरासीको महेशपुरबाट उद्धार गरिएको छ ।
जागिर खान एक रुपियाँ पनि नलाग्ने भन्दै मानव तस्करले नवलपरासीको महेशपुर नाकाबाट भारत लैजान लागेको अवस्थामा काभ्रेका दुई जना, सिन्धुलीका एक जना र धनकुटाका एक जना गरी चार महिलालाई माइती नेपाल र प्रहरीको टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकृत भोजराज पाण्डेले बताउनुभयो ।
भारतमा विना लगानीमा काम पाउने भन्दै झुक्याएर भारतको बाटो हुँदै कुवेत लैजान लागिएका महिलाको उद्धार गरी परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस कार्यमा संलग्न एक जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी बर्दघाट–४ बाडीपीडित बस्ने ३५ वर्षीय गोरख दमाई छन् । यसैगरी, अन्य मानव बेचबिखनको कार्यमा संलग्न अन्य तीन जनाको खोजी भइरहेको प्रहरीले बताइएको छ ।
पछिल्लो समय नवलपरासीका मानव तस्करले महिलालाई भारत लैजाने गरेका घटनामा वृद्धि भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : ११ आश्विन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६