प्रदेश

लुम्बिनीका विद्युुतीय गाडी अविलम्ब चलाउ : गृहमन्त्री खाण



लुम्बिनी ११ असोज । गृहमन्त्री बालकृष्ण खाणले पर्यटकको सुविधाकालागी एसियाली विकास बैंक ९एडिबी०ले लुम्बिनी विकास कोषलाई अनुदानमा दिएका सवारी साधन तत्काल सचांलनमा ल्याउन कोषलाई निर्देशन दिनुुभएको छ ।
४३औ विश्व पर्यटन दिवसको अवसरमा रुपन्देहीको बेलहीयामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले कोषले सचांलन गर्न नसक्ने भए सक्दीन भन्नुु पर्ने अन्यथा अविलम्ब सचांलन गर्न निर्देशन दिनुुभएको हो ।
उहाँले सचांलनमा कुनै नितीगत समस्य भए अन्तरमन्त्रालय सहजीकरण गर्ने प्रतिबद्धता पनि जनाउनुुभयो ।
त्यसबारे आफुलाई स्पष्ट पार्न पनि उहाँले सरोकारवालाहरुलाई आग्रह गर्नुुभएको छ । उहाँले कोष, पर्यटन ब्यबसायी, उद्योगी ब्यबसायी तथा सरोकारवालाहरुसगं विद्युुतीय बस सचांलनमा देखीएका समस्या र समाधानका उपायबारे समन्यात्मक बैठक राखेर सचंलनमा कुनै कठीनाई भएमा सोको जानकारी २४ घण्टा भित्र आफुलाई गराउन रुपन्देहीका प्रमुख जिल्ला अधीकारीलाई समेत निर्देसन दिनुुभएको छ । उहाँले पर्यटकलाई अधिकतम सेवा, सत्कार गर्नुु पर्नेमा जोड दिदै सुरक्षामा कुनै कमी आउन नदीने बताउनुुभयो ।

प्रकाशित : ११ आश्विन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६