ब्रेकिंग न्युज

लियोको “एक घर मेरो परिवार ” कार्यक्रम अन्तर्गत बाणगंगाको एक परिवारमा खद्यान्न वितरण



पशुपति गिरी
कपिलवस्तु, १० असोज ।
सधैंको जस्तै अहिलेको चाडपर्वमा पनि लियो क्लब अफ कपिलवस्तुले “एक घर मेरो परिवार ” भन्ने अभियानमा चाडपर्वको अवसर पारेर दुखि गरिब जसको घरमा चुलो बलेको छैन उनीहरूलाई भोक टार्ने उदेश्यले बाणगंगा वडा न ं.९ मा रहेको एक अति विपन्न परिवारलाई १ महिनालाई पुग्ने खाध्यन्न सामाग्री वितरण गरेको छ । लियो क्लब अफ कपिलवस्तुका अध्यक्ष सागर बन्जाडेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्वर ९ का अध्यक्ष कमल पौडेको प्रमुख आतिथ्यता तथा लियो क्लब अफ कपिलवस्तुका द्धितिय उपाधयक्ष प्रविण गौतमको संयोजकत्वमा विपन्न परिवारलाई दैनिक उपभोगय सामाग्री हस्तान्त्रण गरीएको क्लबका सह सचिव मनिष घिमिरेले जानकारी दिएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पौडेलले बजार देखी गाउँ गाउँ सम्म लियो क्लबको आँखा गएकोमा आफु र सिङ्गो वडा खुशी भएको भन्दै अझै यस्ता कार्यलाई बढ्वा दिनेमा आफु विश्वस्त रहेको बताएका छन् । त्यस्तै लायन्स क्लब अफ कपिलवस्तुले उक्त परिवारकी माईली छोरीको आखाको उपचारका लागी सहयोग गर्ने कुराको खुलेर प्रसंसा गरेका हुन् ।


त्यसैगरी लियोका अध्यक्ष बन्जाडेले कार्यक्रममा उपस्थित भई सफल बनाउनुहुने सम्पूर्णमा धन्यवाद ब्यक्त गर्दै दशै सबैको लागी एक पर्व हो र दशैको पहिलो दिन कसैलाई सहयोग गरियो भने सिङो बर्ष नै हर्ष र उल्लसका साथ वित्ने कुरा वताए साथै आफुले उक्त परिवारका छोरा छोरीलाई चाहिने सम्पुर्ण शैक्षिक सामाग्री उपलव्ध गराउने कुराको प्रतिबद्दता जायार गरेका छन ।सचिव दिपक आचार्यको सन्चलन तथा स–सचिव मनिष घिमिरेको सहजिकरणमा भएको कार्यक्रममा विशिष्ट अतिथी तथा एरिया १ का एरिया प्रमुख श्रीधर कुवँरले लियो, लायन्स लगायत सम्पुर्ण नेपालीहरुमा दशैँ को शुभकामना दिदैँ आफु भन्दा कम भाज्ञयमानी परिवारलाई यो दशै दशा नबनोस भन्ने उदेश्यले स्थापित एक घर मेरो परिवार कार्यक्रम लियो क्लब अफ कपिलवस्तुले राम्रो काम गरेको भन्दै समाजका हरेक क्षेत्रमा नजर पुर्याउन आवश्यक रहेको बताए ।

लायन्स क्लब अफ कपिलवस्तुका अध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथी राम शुभगगे थारु, लायन्सका रिजन १७ का प्रमुख सुरेन्द्र घिमिरे, बर्ष १९ २० का लियो को–ओडिनेटर सागर घिमिरे, बर्ष २१–२२ का लियो को–ओडिनेटर ओम प्रकाश घिमिरे, बर्ष २२–२३ का लियो को–ओडिनटर सन्दीप भट्टराई लगायतले शुभकामना मन्तब्य राख्दै लियो र लायनसले समाजका हरेक क्षेत्रमा संयुक्त रुपमा कार्य र्गे प्रतिबद्धता जनाउनु भएको थियो । उक्त कार्यक्रममा लियोका तृतीय उपाध्यक्ष मधुसुदन गन्धर्व, क्लबका प्रेस संयोजक पशुपती गिरी, लियो सल्लाकार दिपक कुँवर, एरिया एडभाइजर अमृत सापकोटा, आशिष भट्टराई, हरी गैरे, दिपक आचार्य, सन्देश चुँदाली, सन्तोस पाण्डे, अमृत सापकोटा, विनोद पौडेल, त्यस्तै लायन्सका अध्यक्ष राम सुभाग्गे थारु, प्रथम उपाध्यक्ष ओमप्रकास घिमिरे, लायन्स मिडिया संयोजक नवराज बेल्वासे, लियो संयोजक सन्दिप भट्टराई, लायन सागर घिमिरे, टोल विकास संस्थाका अध्यक्ष हरिबहादुर खनाल, अमृते सामुदायिक वनका अध्यक्ष गोपाल गिरी लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित : १० आश्विन २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६