पर्यटन

करिब २ सय बढिले लिए होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको सदस्यता




हरि घिमिरे
कपिलवस्तु, ०९ असोज । होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले सदस्यता विस्तारलाई तिव्रता दिएको छ । संघले हाल सम्म करिब २ सय सदस्यता आबद्ध गराएको छ । भाद्र २७ गते देखि सुरु भएको अभियानमा उत्साहजनक रुपमा व्यवसायीहरु आबद्ध भएको संघका अध्यक्ष रविन्द्र पौडेलले जानकारी दिनु भयो । “युवा स्वरोजगार,व्यबसायी समृद्धि तथा पर्यटन प्रबद्र्धन हाम्रो अभियान” भन्ने मुल नाराका साथ होटल तथा पर्यटन ब्यबसाइ संघ कपिलवस्तुले सदस्यता विस्तारलाई तिव्रता बनाएको अध्यक्ष पौडेलले बताउनु भयो । संघमा आबद्ध सदस्यहरुको स्वास्थ्य तथा दुर्घटना बिमा संघ मार्फत हुने भएकाले पनि सदस्यतामा उत्साहजनक सहभागिता देखिएको अध्यक्ष पौडेलको भनाई छ । जिल्लाको, बाणगंगा, कृष्णनगर, शिवराज, तैलिहवा भित्रका व्यवसायीहरुका लागि स्थलगत रुपमै पुगेर संघले आफ्ना योजनाहरु सार्वजनिक गरेका छन् । संघले ब्यबसायीक हकहित र समृद्धिको अभियानमा कोहि पनि नछुटि एकताका साथ लाग्न अपिल समेत गरेको छ । यस्तै संघले सदस्यता बिस्तार अभियान सकिए पछि बृहत भेला को आयोजना गर्ने र सबैको सल्लह सुझावको आधारमा वार्षिक कार्ययोजना बनाएर संस्था बलियो बनाउने उदेश्य लिएको छ ।

प्रकाशित : ९ आश्विन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६