अन्तर्राष्ट्रिय

प्रेमगीत ३को एकै दिनमा बिश्वभर सातकरोड ७५ लाख कमाई




भारत ९ असोज ।सीमित शोका बावजुद नेपाली कथानाक चलचित्र प्रेमगीत ३ ले भारतमा राम्रो कमाइ गरेको छ।हलमा लागेको पहिलो दिन शनिबार यो फिल्मले भारतीय ९२ लाख रुपैयाँ जम्मा गर्न सफल भएको बलिउडका ट्रेड एनालिस्ट तरण आदर्शले बताएका छन्। उनका अनुसार प्रेमगीत ३ ले भारतका सीमित हलमा अवसर पाएर पनि सरप्राइज कमाई गर्न सफल भएको हो।प्रेमगीत ३ को सस्तो टिकट दरका कारण पनि हिन्दी फिल्मका दर्शकहरु हलसम्म पुग्न सकेको उनको भनाइ छ।तरण आदर्शले दोस्रो र तेस्रो दल हलहरुमा अवसर दिइएमा प्रेमगीत३ ले सन्देश छाड्ने गरी कमाइ गर्न सक्नेछ।

हलहरुमा पर्याप्त ठाउँ पाएमा प्रेमगीत ३ ले नर्मल टिकटमै पनि दर्शकलाई तान्न सक्छु, उनले भनेका छन्। बलिउड हंगामाका अनुसार प्रेम गीत ३ ले शनिबार पहिलो दिन विश्वभर करिब साढे ७ करोड ७५ लाख नेपाली रुपैयाँको व्यापार गरेको छ। प्रेम गीत ३ ले पहिलो दिन ४.८४ करोड भारतीय रुपैयाँ कमाएको हो। यो फिल्म भारतमा ५०० स्क्रिनमा रिलिज गरिएको थियो। भारतबाहेक ७०० स्क्रिनमा रिलिज गरिएको हो। यो फिल्मले अमेरिकामा २४.३८ लाख, क्यानडामा ३.१५ लाख, बेलायतमा १।३८ लाख, अष्ट्रेलियामा ३०।२७ लाख भारु कमाइ गरेको बलिउड हंगामाले उल्लेख गरेको छ।

प्रकाशित : ९ आश्विन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६