खोज–अनुसन्धान

नागरिकता बिद्ययेकलाई चुनावी दाउपेचको बिषय नवनाऔं : गृहमन्त्री खाँण




रुपन्देही ८ असोज । गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले नेपालको राष्ट्रियता बलियो पार्न नागरिकता विधेयक ल्याइएको दावी गर्नुभएको छ । उहाँले नागरिकता विधेयकको बारेमा गलत विश्लेषण नगर्न आग्रह गर्नुभयो । नागरिकता बिद्ययेकलाई चुनावी दाउपेचको बिषय नवनाऔं गृहमन्त्री खाँणले भन्नु भयो । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्व २०७९ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले सम्पूर्ण नेपाली नागरिकले नागरिकता पाउनुपर्ने बताउनु भयो ।
उहाँले नागरिकलाई नागरिकताबाट वञ्चित गराउनु संविधानको बर्खिलाप हुने बताउनु भयो । गृहमन्त्री खाणले नागरिकताको समस्या मधेशको मात्र समस्या नभएको बताउनुभयो ।उहाँले मंसिर ४ गते हुने निर्वाचनमा नेपाली कांग्रेससँगै गठबन्धनलाई जिताउनु आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गंगा शाहीले आगामी निर्वाचनमा कांग्रेसलाई जिताउनुपर्ने बताउनु भयो । कार्यक्रममा कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, संविधानसभा सदस्य जन्नतुन निसा, कांग्रेस नेतृ रमा अर्याल, महासमिति सदस्य पुष्पा थरुनी, देवी प्रसाद चौधरी, कांग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरेले वोल्दै कांग्रेसका लागि मंसिर ४ गते ठूलो चाडपर्व भएको बताउनु भयो । कांग्रेस क्षेत्र नम्बर ३ का सभापति सुशिल गुरुङको अध्यक्षता तथा सचिव लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित : ८ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६