खेलकुद

लुम्बिनी प्रदेशस्तरीय एथलेटिक्समा कपिलवस्तुले जित्यो कास्य पदक



कपिलवस्तु ७ आश्विन । नवौ राष्ट्रिय खेलकुद २०७९ को लुम्बिनी प्रदेश स्तरीय एथलेटिक्स छनोट प्रतियोगितामा दाङ जिल्ला च्याम्पियन भएको छ । लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा दाङको बेल्झुण्डीमा भएको प्रतियोगितामा १५ स्वर्ण, ५ रजत र ३ कास्य पदक हात पार्दै दाङ जिल्ला च्याम्पियन भएको हो । त्यस्तै ६ स्वर्ण, ४ रजत र ९ कास्य पदकका साथ बर्दिया जिल्ला द्वितिय हुँदा कपिलवस्तु जिल्ला ४ स्वर्ण, ४ रजत र २ कास्य पदक हात पार्दै तृतिय भयो ।
त्यस्तै बाँके जिल्ला ३ स्वर्ण, १४ रजत र ३ कास्य पदकका साथ सान्त्वना भयो । यसैबिच छ्नोट प्रतियोगिताको समापन समारोह दाङ जिल्ला खेलकुद बिकास समितिका उपाध्यक्ष पाल्पी चौधारीको अध्यक्षता तथा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जय प्रकाश भट्टराईको प्रमुख आतिथ्यमा भएको थियो । सो अवसरमा बिजेता जिल्ला तथा खेकाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
दाङकी निशा चौधरीले एथलेटिक्स अन्तरगत लङजम्पमा नयाँ रेकर्ड कायम गरेकी छन् । नवौ राष्ट्रिय खेलकुद अन्तरगत दाङको बेल्झुण्डीमा भएको प्रदेश स्तरीय छनोट प्रतियोगितामा उनले १२औं राष्ट्रिय राष्ट्रपति रनिङ प्रतियोगितामा बनाएको ५।४७ मिटरको आफ्नै राष्ट्रिय किर्तिमान ब्रेक गर्दै ५।५० मिटरको नयाँ राष्ट्रिय रेकर्ड कायम गरेकी हुन् । तुलसीपुर नगर स्तरको १२औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आफ्नो पहिलो सहभागीता जनाएकी निशाले ट्रयाक तर्फ छोटो दुरिको १०० र २०० मिटर दौड र फिल्डतर्फ लङजम्पमा उत्कृष्ट प्रदर्शन गरेकी थिईन् ।
बिद्यालय स्तरको सामान्य प्रशिक्षणबाट आफ्नो अद्भूत क्षमता प्रदर्शन गरेकी निशाले एकपछि अर्को सफलता हात पार्दै गइन् । उनी जिल्ला, प्रदेश हुँदै लङजम्पमा राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएकि थिईन । आफ्नै कृतिमानी भंग गर्दै नयाँ रेकर्ड कायम गरेकी निशा गण्डकी प्रदेशको पोखरामा असोज २८ देखि कार्तिक ३ गते सम्म हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा लुम्बिनी प्रदेशलाई स्वर्ण पदक दिलाउने तयारीमा छिन् ।

प्रकाशित : ८ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६