कृषि

यसपाली धामीलाई होइन झाँक्रीलाई मत




तम्घास ७ असोज ।नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले विकाससँगै नागरिकको जीवनमा परिवर्तन हुनु आवश्यक रहेको बताउनुभएको छ। गुल्मी जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर ४ मा सुविधा सम्पन्न सभाहलको शुक्रबार शिलान्यास गर्दै झाँक्रीले विकास निर्माणका कार्यक्रमले नागरिकको जीवनशैलीमा परिवर्तन आउनुपर्नेमा जोड दिनुभएको हो।यस स्थानमा बन्ने सभाहलले जिल्लाको गरिमा थप उचाइमा पुग्ने भन्दै सभा सम्मेलनहरू र सांस्कृतिक कार्यक्रमहरु गर्नका लागि अब घाम र पानीको समस्याबाट मुक्त हुने उहाँको दाबी छ। अर्को एक फरक प्रसंगमा झाँक्रीले गफ भन्दा पनि कामलाई आफूले प्राथमिकता दिनेमा जोड दिनुभयो।

उहाँले गफ गर्नेलाई भन्दा काम गर्नेलाई मतदान गर्नसमेत आह्वान गर्नुभएको छ। उहाले अहिले सम्म धामीलाई भोट दिएको भन्दै यसपाली झाँक्रीलाई छान्नु पर्ने तर्क गर्नु भयो ।जिल्लामा निर्माणको जिम्मा लिने तर काम नगर्ने निर्माण व्यवसायीलाई प्रमुख जिल्ला अधिकारीले जिल्ला प्रशासनमा बोलाएर ताकेता गर्न उहाँले निर्देशन समेत दिनुभयो। जिल्लामा भइरहेका विकास निर्माणका कार्यका लागि निरन्तर रुपमा जिल्लाकै राजनीतिक दल, प्रशासन, सरोकारवालाको ध्यान जानु जरुरी रहेको उहाँको भनाइ छ।

प्रकाशित : ८ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६