खोज–अनुसन्धान

ढिलो रेफर गर्दा हुने क्षेतीवारे १० पालिकाको प्रशिक्षण




कपिलवस्तु ६ असोज ।प्रसुती अवस्थामा उचित समयमा प्रेषण (रिफर) नगर्दा भएको मातृशिशु मृत्युदरमा कमी ल्याउन स्वास्थ्यकर्मीलाई प्रशिक्षण गरिएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजना तथा युएस एड, स्वास्थ्यका लागि सक्षम प्रणालीको सहयोगमा जिल्लाका १० पालिकाका जनप्रतिनिधी र स्वास्थ्यकर्मीलाई प्रशिक्षण गरिएको छ । कार्यक्रममा पालिका उपप्रमुख तथा उपाध्यक्ष, स्वास्थ्य शाखा प्रमुख, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, बर्थिङ्ग सेन्टरका अनमीलाई प्रेषण सम्बन्धी जानकारी गराइएको थियो ।
कपिलवस्तुमा प्रसुतीको समयमा उचित समयमा गर्भावती महिलालाई रेफर नगर्दा उहाँहरु जोखिममा रहेको स्वास्थ्य कार्यालय निमित्त प्रमुख अनिरुद्र कुमार श्रीवात्सवले बताउनु भयो । उचित समयमा रेफर नहुँदा गर्भावती आमाको मृत्यु हुने, शिशुको मृत्यु हुने, अस्वस्थ्य शिशु जन्म हुने समस्या देखिएको छ । प्रसुतीको समयमा घरबाट स्वास्थ्य संस्था पुराउँदा, एम्बुलेन्स खोज्दा, एउटा स्वास्थ्य संस्थाबाट अर्कोमा पुराउँदा ढिलाई हुँदा आमा र शिशुको मृत्यु हुने घटना देखिएको कपिलवस्तु अस्पतालको नर्सिङ्ग प्रमुख लिला शर्माले बताउनु भयो ।
अस्पताल ढिला पुराउँदा जिल्लाका केही आमाले ज्यान समेत गुमाउनु परेको स्वास्थ्य कार्यालयका परिवार नियाजन सुपरभाईजर प्रभास पन्थीले बताउनु भयो । जिल्लामा प्रसुती गराउनका लागि २९ स्वास्थ्य चौकी, २ प्राथमिक स्वास्थ्य केन्द्र र ३ अस्पतालमा बर्थिङ्ग सेन्टर संचालनमा रहेका छन् ।

प्रकाशित : ६ आश्विन २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६