खोज–अनुसन्धान

फैलिँदै डेंगु : लुम्बिनीमा तीनको मृत्यु,सयौ भर्ना,अझै २ महिना फैलने




बुटवल ६ असोज । डेंगुको संक्रमण बढ्न थालेपछि अस्पतालहरूमा बिरामीको चाप हुन थालेको छ । पछिल्लो समय कोभिडको संक्रमण कम हुँदै जाँदा डेंगुको संक्रमण भने बढिरहेको छ । डेंगुको संक्रमणबाट लुम्बिनी प्रदेशमा मात्र तीनजनाले ज्यान गुमाइसकेका छन् । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार डेंगुको संक्रमणबाट तीनजनाको मृत्यु भइसकेको छ भने सयौं संक्रमित अस्पतालमा भर्ना भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता पुष्पराज पौडेलका अनुसार पाल्पा, दाङ र बर्दियामा एक÷एक जनाको डेंगु संक्रमणबाट मृत्यु भएको छ । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ का ख्याहाका ५८ वर्षीय पुरूषको डेंगु संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

त्यस्तै भदौ २७ गते दाङको घोराही उपमहानगरपालिका–१४ का ४० वर्षीया महिलाको पनि डेंगु संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार बर्दियाका ८६ वर्षीय वृद्धको पनि डेंगु संक्रमणबाट भदौ २२ गते मृत्यु भएको थियो ।प्रदेश निर्देशनालयका प्रवक्ता पौडेलले लुम्बिनी प्रदेशमा अहिलेसम्म दुई हजार ६८३ जनामा डेंगुको संक्रमण भएको जानकारी दिए । भदौमा एक्कासि संक्रमण बढेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पनि डेंगु संक्रमितहरूको दैनिक भिड लाग्ने गरेको छ । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, बाँकेको भेरी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विभिन्न अस्पतालहरुमा दैनिक ४० जनासम्म डेंगु संक्रमित आउने गरेको निर्देशनालले जनाएको छ ।
लुम्बिनी प्रदेशमा अझै २ महिनासम्म डेंगु रोगको प्रकोप रहने प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज बुटवलमा मन्त्रालयले डेंगी रोग प्रकोपको लुम्बिनी प्रदेशको अवस्था र नियन्त्रण तथा रोकथामका सम्बन्धमा पत्रकारहरूसँग अन्तरक्रिया गर्दै असोज र कार्तिक महिनासम्म डेंगुको प्रकोप देखिने जनाएको हो । मन्त्रालयका सचिब डा.विकास देवकोटाले सन २०१९, २० र २१ को स्थीतिमा पनि असोज र कार्तिक महिनासम्म डेंगुको प्रकोप रहेकाले यस वर्ष पनि थप २ महिना सचेत रहन आग्रह गर्नु भयो ।

प्रकाशित : ६ आश्विन २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६