देश

रुकुम पूर्वमा बस दुर्घटना हुँदा ३ जनाको ज्यान मृत्यु



रुकुम पूर्व, ०६ असोज । रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ मा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु गएको छ ।काठमाण्डौबाट रुकुम पूर्वको रुकुमकोट आइरहेको ग १ ख ९१०९ नम्बरको यात्रुवाहक बस बिहीवार दिउँसो क्याङसी बगरमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर अन्य १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश डाँगीले जनाकारी दिनुभयो । मृतकको सनाखत हुन र घाइतेको परिचय खुल्न बाँकी रहेको डीएसपी डाँगीले बताउनुभयो ।

बस सडकबाट तल खसेको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित : ६ आश्विन २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल