अन्तर्राष्ट्रिय

दशैँको रौनक : लुम्विनी र कर्णालीमा भारतवाट फर्कनेको भीडभाड शुरु




भैरहवा ६ असोज । हिन्दुहरुको महान पर्ब दशैँ नजिकिएसँगै भारतमा रोजगारी गर्न गएका सयौं नेपाली चाडपर्व मनाउन नेपाल फर्किन थालेका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपाली अहिले दशैं–तिहार मनाउन सो संख्यामा नेपाली स्वदेश फर्केका हुन् ।लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाका सयौं युवा अहिले नेपाल फर्किरहेकाले सीमामा भिड बढेको सीमास्थित जमुनाहा प्रहरीले जनाएको छ । दशैं नजिकै आइसकेकाले अहिले दैनिक तीन हजार बढी नेपाली भारतबाट रोजगारी गरेर घर फर्किरहेको जमुनाहा प्रहरी कार्यालयका प्रमुख माधव रिजालले बताए ।
यसअघि सीमापारी र सीमानामै विभिन्न प्रकारका ठगी र लुटपाटमा नेपाली पर्दैआएकाले यसपटक दुबैतर्फ समन्वय गरेर कडा निगरानी बढाइएको उनले बताए । सल्यान, दैलेख, सुर्खेत र जाजरकोटका सयौं युवा दिनहुँ भारतबाट नेपाल फर्किरहेका छन् । भारतको सिमला, कुल्लु मनाली र हरिद्वारबाट काम गरेर पर्व मनाउन फर्किएको जमुनाहाका प्रहरी प्रमुख रिजालले बताए ।रोजगारीका लागि भारतको सिमला पुगेका नरबहादुर थापासँगै दैलेखको ५० जना युवाको टोली दशैं मनाउन घर फर्किएको छ । वर्षभरि परदेशमा काम गरेर दिन बिते पनि दशैंमा सधैँ घर फर्किनेगरेको थापाले बताए ।
उनका अनुसार भारतको सिमलामा मजदुरी काम गर्ने सल्यानका मात्रै सयौं युवा छन् । तीमध्ये केही पहिले नै आइसकेको र अरु आउँदैगरेको उहाँले बताउनुभयो । पश्चिम नेपालको सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्यूठान लगायतका जिल्लाबाट भारतमा रोजगारीका लागि हरेक बर्ष सयौं युवा पुग्नेगरेका छन् ।
घर फर्किने क्रममा जमुनाह नाकामा भेटिएका जाजरकोट पाँचकाटियाका हरिबहादुर खत्रीले घरपरिवारलाई लत्ताकपडा र दशैं खर्च लिएर भारतबाट ३० जनाको टोली घर फर्किन लागेको बताए ।आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकमा काम गर्नुपर्ने भएपछि लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट रोजगारीका लागि भारत जानेको संख्या हरेक बर्ष बढ्दै गएको छ ।फर्किने क्रममा नाकामा दुःख दिने र लुटपाट हुने भएकाले त्यस्ता घटना हुन नदिन सुरक्षाकर्मीलाई सजग बनाएर विशेष निगरानी शुरु गरिएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए ।

प्रकाशित : ६ आश्विन २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६