अर्थ-वाणिज्य

चुनावी प्रतिबद्धता पुरा : विपन्नलाई विद्युत महसुल छुट



पाल्पा ५ असोज ।तानसेन नगरपालिकाका एक हजार ८१५ विपन्न परिवारले न्युनतम विद्युत् महशुलमा छुट पाउने भएका छन्। नगरभित्रका विपन्न समुदायका एक हजार ८१५ घरपरिवारलाई २० युनिटसम्मको विद्युत् महसुल नगरपालिकाले तिर्ने भएको हो । यो चुनावी प्रतिवद्धता थियो । मेयर सन्तोषलाल श्रेष्ठले चुनावका प्रतिवद्धता पुरा गर्ने काम थालिएको वताउदै अझै धेरै यस्तै जनमुखी काम गर्ने वताउनु भयो ।नगरपालिकाको चालु आव २०७९/०८० को वार्षिक कार्यक्रम अनुसार पाँच एम्पीएर क्षमताको मिटर जडान भएका र मासिक न्युनतम २० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्तालाई महसुलमा अनुदान दिन लागेको हो।
सो कार्यक्रमका लागि सबैभन्दा धेरै तानसेनको वडा नम्बर ११ बाट ४८२ घरपरिवारले निवेदन दिएका छन्।

यस्तै तानसेन वडा नम्बर ८ बाट ३४५, वडा नम्बर १२ बाट ३२६, वडा नम्बर ९ बाट १६३, वडा नम्बर १३ बाट १२५ परिवारको निवेदन दिएको तानसेन नगरपालिकाका वरिष्ठ अधिकृत दुर्गाबहादुर थापाले जानकारी दिनुभयो। यस्तै वडा नम्बर ५ बाट १६५, वडा नम्बर १० बाट ६८, वडा नम्बर ६ बाट ६०, वडा नम्बर ७ बाट ४१, वडा नम्बर १४ बाट २१, वडा नम्बर १ बाट नौ, ४ बाट पाँच, ३ बाट चार र २ बाट एक परिवारको निवेदन आएको थापाले बताउनुभयो।

प्रकाशित : ५ आश्विन २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल