खोज–अनुसन्धान

प्रदेश गौरबको आयोजना : २९ करोड २३ लाख वढिको लगानीमा ट्रमा सेन्टर



देउखुरी ४ असोज । लुम्बिनी प्रदेश सरकारले गौरवको योजनामा अन्तररगर्त दाङको लमहीमा ट्रमा सेन्टर निर्माणको काम धमाधम चलिरहेको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्तरीय ट्रमा सेन्टर बनाउने योजना प्राथमिकतामा पारेको थियो । त्यही प्राथमिकताका साथ प्रदेश सरकारले महत्वका साथ ट्रमा सेन्टरमा लगानी लगाएको छ ।अहिले जग निर्माणको काम सकेर अव स्टक्चर बनाउन सुरु भएको छ । २९ करोड २३ लाख १७ हजारको लगानीमा ट्रमा सेन्टर भवन निर्माणको काम चलिरहेको छ । सहरी विकास तथा भवन कार्यालय दाङका प्रमुख अनन्तकुमार देवल निर्माण कार्य तिव्र गतिमा चलेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सम्झौता अनुसार अहिले जग निर्माणको काम सकेर स्टक्चर बनाउने काम जारी छ, निर्माण कम्पनीले तिब्र रुपमा काम गरिरहेको पाएका छौं ।’

लामा एण्ड गौरी शंकर हिमालयन कन्ट्रक्सन प्रालीलेले भवन निर्माण गरिरहेको छ । आयोजनाको सम्झौता २०७७ चैत २४ गते भएको थियो । २०७८ बैशाख ३ गते बाट काम सुरु गरेको कम्पनीले आगामी बर्ष असार ३ गते भित्र काम सम्पन्न गर्ने सम्झौता गरेको छ ।ट्रमा सेन्टर निर्माण भएर सेवा सुचारु भएपछि पूर्वपश्चिम राजमार्ग क्षेत्रमा हुने दुर्घटना मात्रै नभएर छिमेकी पहाडी जिल्लावासीले समेत सेवासुविधा लिन पाउनेछन । विभिन्न दुर्घटनामा परेर चोटपटक लागेर, शरीरका अंगहरु भाँचिन पुग्दा समयमा उपचार नपाउने समस्या रहेको छ । ट्रमा सेन्टरको मुख्य भवन चार तलाको हुनेछ । मुख्य भवनमा इमर्जेन्सी वार्डदेखि शल्यक्रिया कक्ष, बिरामी भर्ना गर्ने वार्डहरु हुनेछन् ।

लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले स्वास्थ्य क्षेत्र सुधार र उपचार सेवालाई प्रभावकारी बनाउन ट्रमा सेन्टर निर्माणको योजनालाई प्राथमिकतामा राखिएकोे बताउनुभयो । उहाँले भन्नुभयो, ‘ट्रमा सेन्टर प्रदेशको गौरवको योजना हो, काम समयमै सकेर सेवा दिलाउन सक्ने गरी काम थाल्ने निर्देशन दिएका छौ,ट्रमा सेन्टरले दाङ देउखुरीको स्वास्थ्यको क्षेत्रमा थप सुधार आउने छ ।’

प्रकाशित : ४ आश्विन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६