अन्तर्राष्ट्रिय

सीमा पारीको कारोबार रोक्न पहिलो पटक भैरहवामा ‘दशैँ सस्तो बजार’




भैरहवा ४ असोज। सीमावर्ती बजारमा नेपाली क्रेताको आवागमन रोक्न भैरहवामा दशै सस्तो बजार सन्चालन हुने भएको छ । सिद्धार्थ उध्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा असोज ११ गते देखि १४ गते सम्म बजार सन्चालन हुने भएको हो ।दशै सस्तो बजार बारे जानकारी दिने उद्देश्यले सोमबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष भीष्म न्यौपानेले नेपालीहरुको चाड पर्वहरुमा आम उपभोक्ताहरुलाई स्वदेशी बजारमा खरिद गर्ने बानीको विकास गराउने उद्देश्यका साथ बजारको आयोजना गरिएको बताए । यसको साथै स्वदेशी तथा गुणस्तरीय वस्तु तथा सेवाहरुको उपभोगप्रति उपभोक्ताहरुलाई सचेतना गराउने बजारको उद्देश्य रहेको उनले बताए ।
विभिन्न उद्योगी, व्यावसायीहरु संगको सहकार्यमा उपभोक्ताहरुलाई सर्व शुलभ रुपमा एकै थलोबाट सहज तरीकाले दैनिक उपभोग्य वस्तुहरु विक्रि वितरण गरिने कार्यक्रम संयोजक अर्जुन कार्कीले बताए । ४ दिनको बजारबाट केहि हदसम्म भए पनि भैरहवा बजारमा आर्थिक चलायमान हुने, स्वदेशी उद्योग व्यवसायका उत्पादनहरुको प्रचार प्रसार हुने र आम उपभोक्ताहरुले सर्व शुलभ रुपमा उपभोग्य वस्तुहरु खरिद गर्ने अवसर प्राप्त गर्ने कार्कीको भनाइ छ ।

प्रकाशित : ४ आश्विन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६