ब्रेकिंग न्युज

लियो क्लब अफ कपिलवस्तुद्वारा राष्ट्रिय झण्डा सहित मोटरसाइकल र्‍याली तथा दिप प्रज्वलन



पशुपति गिरी।
कपिलवस्तु ,०३असाेज।लियो क्लब अफ कपिलवस्तु द्वारा संविधान दिवसकाे अवसर पारेर राष्ट्रिय झण्डा सहितको मोटरसाइकल र्‍याली तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।कपिलवस्तुकाे चार न .चाेक देखि शुरूभएकाे मोटरसाइकल र्‍याली पिपरामा रहेको सुपादेउराली मन्दिर ,राजापनी,जग्दिशपुर,लक्ष्मणघाट मन्दिर लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरूमा र्‍याली लगाई साझ चार न चाेक मा दिप प्रज्वलन भएकाे क्लबका सह सचिव मनिष घिमिरेले जानकारी दिए।
उक्त कार्यक्रम लियो क्लब का अध्यक्ष सागर बन्जाडेकाे अध्यक्ष्ातामा सम्पन्न भएको हाे ।अध्यक्ष बन्जाडेले संविधान दुखी गरिबको लागि जिउने आधार बन्न सकोस् ठूला बडा को दुखी गरीब माथि चलाउने हतियार नबनोस् बताउदै कार्यक्रम सफल बनाउ लाग्ने सम्पूर्णलाई धन्यवाद ब्यक्त गरेका हुन् । त्यसैगरी साे कार्यक्रम लायन्स क्लब अफ कपिलवस्तुका पुर्व अध्यक्ष धातान्नद भुषाल को प्रमुख अतिथित्व थियो । भने लियाे संयाेजक लायन सन्दिप भट्टराई विशेष अतिथिको रुपमा थिए
। प्रमुख अतिथि भुषालले दिप प्रज्वलन गरि सुरुवात गरेका हुन् ।उनले दिप प्रज्वलन कार्यक्रमले सविधानको अपनत्व सबैले गर्न पाउने धारणा राखेका थिए।भने सचिव दिपक आचार्यकाे सञ्चालनमा भएको कार्यक्रममा ,प्रविन गाैतम,हरि गैरे,हरि अधिकारी ,आशिष भट्टराई ,केशव खनाल ,श्रीधर पन्थ,सुरज बेल्वासे,साेनु पाैडेल,बिनाेद गैरे लगायतका सदस्यहरू र नेपाल प्रहरी काे उपस्थिति रहेको थियोे ।

प्रकाशित : ४ आश्विन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६