देश

आज बाणगंगाका सबै सरकारी कार्यलयमा शोक विदा




कपिलवस्तु २ असोज । कपिलवस्तुको बाणगंगा नगरपालिकाले आइतबार (भोलि) शोक बिदा दिने भएको छ ।बाणगंगा नगरपालिकाकी कार्यपालिका सदस्य दामु घर्तिको निधनको शोकमा नगरपालिकाले आईतबार (भोलि) नगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।जसमा नगरपालिकाको कार्यालय, वडा कार्यालय, नगर भित्रका सरकारी तथा निजि बिद्यालय, स्वास्थ्य कार्यालय, कृषी तथा पशु कार्यालय बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता बिष्णु पौडेलले जानकारी दिए ।यद्यपि एम्बुलेन्स, दमकल जस्ता अति आवश्यक सेवा भने बन्द नहुने पौडेलले बताए । वडा नम्बर १० की वडा सदस्य दामु घर्तिको ४२ बर्षको उमेरमा क्यान्सरका कारण उपचारका क्रममा आज मृत्यु भएको हो । घर्तिको मृत्युप्रति नगर प्रमुख चक्रपाणी अर्यालले दुख ब्यक्त गरेका छन् ।

प्रकाशित : २ आश्विन २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल