खोज–अनुसन्धान

माओवादी चितवनका सहइन्चार्ज २ जना वडाध्यक्ष सहित एमाले प्रबेश




चितवन ३० भदौ, । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम चितवन जिल्ला सहइन्चार्ज यमबहादुर परियार इन्द्रजीत नेकपा एमाले प्रवेश गरेका छन् ।प्रचण्डको चुनवाी थलो चितवनका जिल्ला सहइञ्चार्ज समेत रहेका परियार एमाले केन्द्रीय पार्टी कार्यालय ललितपुरमा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेका हुन् । भरतपुर महानगरपालिका वडा नं। १३ घर भएका परियार एमाले र माओवादी मिलेर बनेको नेकपा कालमा चितवन जिल्लाको अध्यक्ष भएर काम गरेका नेता हुन् । २०६४ सालको संविधानसभा निर्वाचन चितवन १ बाट उम्मेदवार बनेर परियार एमाले नेता लालमणि चौधरीसँग पराजित भएका थिए ।

झण्डै १२ वर्षभन्दा बढी जिल्ला अध्यक्ष भएर काम गरिसकेका परियारलाई माओवादी केन्द्रले चितवन निर्वाचन क्षेत्र नं। ३ (ख) बाट प्रदेश सांसदका लागि सिफारिस गरेको छ ।माओवादी केन्द्र राजनीतिक वैचारिक र सांगठनिक हिसावले च्यूत बन्दै गएकाले परित्याग गरेको उनले बताए ।परियारसँगै माओवादीको भरतपुर महानगरपालिका सहइञ्चार्ज अञ्जन तिमिल्सिना, बागमती प्रदेश परिषद सदस्य पिताम्बर पोखरेल, कालिका नगर कमिटी उपाध्यक्ष तुलबहादुर बिक, जिल्ला सदस्य लावण्यराज शर्मा, वडा नं १६ का वडाध्यक्ष नारायण अधिकारी, वडा नं १५ का वडाध्यक्ष आकाश थापा, माडी नगरपालिका ७ देवेन्द्रपुरका गिरीधारी सुवेदीसहितका नेता कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन् ।

प्रकाशित : ३० भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६