कृषि

मोतीपुर औद्योगिक क्षेत्र विवाद नटुंगिएपछि ड्रोनबाट जग्गा नापजाँच




लुम्बिनी ३० भदौ । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको विवाद नटुंगिएपछि जग्गाको नापजाँच डोनवाट «गर्ने काम मङ्गलबारदेखि सुरु भएको छ । औद्योगिक क्षेत्रको जग्गा यकिन गर्र्नेे गरी नापजाच शुरु भएको छ । सरकारद्धारा गठित कार्यदलले विभिन्न चरणका छलफलपछि जग्गा नापचाँजको काम सुरु गरेको कार्यदलका संयोजक एवं जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चापागाईंले जानकारी दिनुुभयो ।
बुटवल–१७ रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट नापजाँचको काम सुरु भएको हो । कार्यदलले प्रतिवेदन पेस गरेपछि बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोधन गाउँपालिका र सियारी गाउँपालिकाले कार्यदलबाट प्रतिवेदन प्राप्त भएपछि कार्यपालिकाबाट निर्णय गरी सिफारिस गर्ने उहाँले बताउनुभयो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले औद्योगिक क्षेत्र बनाउन योग्य जग्गा र अन्य जग्गा छुट्याएर औद्योगिक क्षेत्रका लागि सिफारिस गर्ने र सोही क्षेत्रमा औद्योगिक क्षेत्र बन्ने बताउनुभयो ।
हाल औद्योगिक क्षेत्रको जग्गा ८१३ बिघा भन्ने लालपुर्जा आए पनि कहाँदेखि कहाँसम्मको जग्गा हो भन्ने यकिन नभएकाले विवाद रहेको छ । पाँच वर्षभित्र निर्माण पूरा गर्ने गरी २०७२ चैत १ मा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरिएको भए पनि स्थानीयवासीको अवरोध र जग्गाको क्षेत्र यकिन नहुँदा औद्योगिक क्षेत्र निर्माणको काम अलपत्र परेको थियो ।

प्रकाशित : ३० भाद्र २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल