खेलकुद

साफ च्याम्पियनशिपमा भारतलाई हराउँदै बङ्गलादेश विजयी



काठमाडौँ, २८ भदौ :छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा बङ्गलादेशले भारतलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज भएको समूह ‘ए’को अन्तिम खेलमा बङ्गलादेशले भारतलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । साफ च्याम्पियनशिपको इतिहासमा भारत पहिलो पटक पराजित भएको हो । सन् २०१० देखि सुरुआत भएको उक्त च्याम्पियनशिपमा भारत अपराजित रहँदै आएको थियो । बङ्गलादशेको जीतमा मोसमात सिराज जाहनले दुई गोल गरिन भने श्रीमोती कृष्णरानी सरकारले एक गोल थपिन् । खेलको पहिलो हाफको सुरुआतदेखि नै निकै आक्रामक देखिएको बङ्गलादेशले खेलको ११औँ मिनेटमा पहिलो अग्रता लियो । बङ्गलादेशकी खेलाडी मोसमातले गोल गर्दै बङ्गलादेशलाई पहिलो अग्रता दिलाएकी हुन् । उनले कृष्णारानी सरकारको प्रहारलाई दुई डिफेन्सको चुनौती पार गर्दै पेनाल्टी क्षेत्र भित्रबाट उत्कृष्ट गोल गरिन् ।

त्यस्तै खेलको २३औँ मिनेटमा बङ्गलादेशले आफ्नो अग्रता दोब्बर पा¥यो । कृष्णारानीले पेनाल्टी क्षेत्रभित्र दुई डिफेन्डरको बीचमा बल अघि बढाउँदै सुन्दर गोल गरिन् । त्यसपछि बङ्गलादेशले खेलको दोस्रो हाफमा एक गोल थप्यो । खेलको ५३आँै मिनेटमा सविना खातुनको पासलाई सदुपयोग गर्दै मोसमातले गोल गरेपछि बङ्गलादेशले भारतमाथि ३–० गोलको सहज जीत निकाल्यो । समूह ‘ए’ बाट भारत र बङ्गलादेश यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका थिए । बङ्गलादेशले पहिलो खेलमा माल्दिभ्सलाई ३–० तथा पाकिस्तानमाथि ६–० को जीत निकालेको थियो भने भारतले पहिलो खेलमा पाकिस्तानलाई ३–० र दोस्रोमा माल्दिभ्सलाई ९–० ले हराएको थियो । जीतसँगै बङ्गलादेश समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश ग¥यो भने सोही समूहमा रहेको भारत पनि उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो । समूह ‘ए’ मा नै रहेको माल्दिभ्स र पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिएका छन् ।त्यसैगरी साफच्याम्पियनशिप अन्तर्गतको सेमिफाइनल खेलमा नेपालले भारत प्रतिद्वन्द्वी पाएको छ । नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । उक्त खेल यही भदौ ३१ गते हुनेछ । समूह ‘बी’ को उपविजेता भूटानले समूह ‘ए’ को विजेता बङ्गलादेशसँग खेल्ने पक्का भएको छ । उक्त सेमिफाइनल खेल पनि भदौ ३१ गते नै हुनेछ । प्रतियोगितामा समूह ‘बी’ बाट श्रीलङ्का बाहिरिएको छ ।

प्रकाशित : २८ भाद्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६