खेलकुद

प्रथम मोतिपुर फुलवारी फुटबल कप असोज ४ गते देखि हुने




हरि घिमिरे, २६ भाद्र ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न. ७ को मोतिपुर प्रगतिशिल युवा क्लवले खुल्ला नकआउट फुटवल प्रतियोगिता गर्ने भएको छ । क्लवले विजया दशमिको तथा शुभ दिपावलीको अवसरमा असोज ४ गते देखि फुटवलको आयोजना गरेको हो । स्वास्थ्यका लागि खेलकुद भन्ने उदेश्यका तथा नाराका साथ खेलको आयोजना गरिएको खेल संयोजक सन्दिप क्षेत्रिले जानकारी दिए । यस्तै क्लवका अध्यक्ष शंकर प्रसाद न्यौपानेले सम्पुर्ण खेलाडिलाई प्रतियोगितामा सहभागि भएर कुशलताका साथ खेल प्रदर्शन गर्न खेलाडि हरुलाई आग्रह गरेका छन् । खेलाडिहरुले अनुशासन कायम राख्नु नै खेलिडीको गहना हुने न्योपानेको भनाई छ । खेलमा १६ टिमक मात्र सहभागि हुन पाउने बताईएको छ । त्यस्तै प्रत्येक टिमका खेलाडीहरुलाई अनिवार्य रुपमा जर्सी र जुत्ता लगाउनुपर्ने, खेलमा कुनै किसीमको वादविवाद आईपरेमा रेफ्री र आयोजकको निर्णय नै अन्तिम निर्णय हुने जस्ता नियम लागुहुने आयोजकको भनाई छ । यस्तै खेल अवधिभर खेलाडीलाई कुने चोटपटक लागेमा आयोजक टिम जिम्मेवारी नहुने भनिएको छ । आयोजकको नियम अनुसार कुनैपनि टिममा सहभागि भएको खेलाडी अर्को टिममा सहभागि हुन पाइने छैन । खेलमा अतिरिक्त (एक्स्ट्रा) खेलाडि सहित १६ जना मात्र हुन पाउने ब्यवस्था गरिएको छ । खेल एन्फाको मान्यता प्राप्त रेफ्रि द्वारा खेलाईने र सवैभन्दा बढी गोलकर्ता, बेस्ट किपर र बेस्ट खेलाडीलाई उचित पुरस्कारको ब्यवस्था गरिएको छ । प्रथम मोतिपुर फुलवारी फुटवल कपमा प्रथम हुनेले नगद ७०,००० (सत्तरी हजार) प्रमाण पत्र, मेडल र कप, द्धितिय हुनेले नगद ३०,००० (तिस हजार) प्रमाण पत्र, मेडल र कप पाउने छन् ।

प्रकाशित : २६ भाद्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६