प्रदेश

भ्रष्टाचार विरुद्ध साँस्कृतिक अभियान महत्वपूर्ण : सभामुख घर्ती



बुटवल २० भाद्र। लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले भ्रष्टाचार अन्त्यका लागि लामो समयदेखि विश्वव्यापी अभियानहरु सञ्चालन भएपनि निर्मुल पार्न नसकिएको बताएका छन् । नेपालमा समेट भ्रष्टाचार अन्यतका विभिन्न अभियान सञ्चालन हुनुका साथै नीति निर्माण भएपनि पूर्ण कार्यान्वयन हुन नसक्दा निर्मुल पार्न नसकिएको जिकिर गरे । भ्रष्टाचार विरुद्धको अभियान अन्तरगत कार्टुनिस्ट क्लब अफ नेपालले बुटवलमा आइतबारदेखि आयोजना गरेको कार्टुन प्रदर्शनीमा बोल्दै घर्तीले भ्रष्टाचार विरुद्धको अभियान आफैमा महत्वपूर्ण भएको उल्लेख गरे ।
भ्रष्टाचार अन्त्यका लागि विश्वव्यापी रुपमा भएका अभ्यास तथा नेपालका प्रयास बारे चर्चा गर्दै सभामुख घर्तीले भ्रष्टाचार अन्त्यका लागि साँस्कृतिक रुपमा सञ्चालन गरिएका अभियानले ठूलो भूमिका खेल्ने दाबी गरे । माओवादीको १० वर्षे जनयुद्धताका साँस्कृतिक आन्दोलनका नेता समेत रहेका उनले विभिन्न साहित्यको माध्यमबाट भ्रष्टाचार विरुद्ध गरिने अभिव्यक्तीले भ्रष्टाचार निरुत्साहनमा सहयोग गर्ने बताए ।
कार्यक्रममा सहभागीहरुले भ्रष्टाचार अन्त्यका लागि सामाजिक आचारण सुधार गर्न आवश्यक रहेकोमा जोड दिए । आर्थिक लेनदेनलाई मात्रै भ्रष्टारका रुपमा बुझ्ने गलत परम्पराको अन्त्य गर्न समेत सहभागीहरुले जोड दिए । राज्यका विभिन्न अङ्गहरुबाट नागरिकले प्राप्त गर्ने अधिकार तथा सेवा सुविधाहरुमा देखिने अनियमितताहरु पनि भ्रष्टाचार नै हो भन्ने कुरा बुझ्न जरुरी रहेको सहभागीहरुले बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, आयोजक क्लबका अध्यक्ष बासु क्षितिज, उपाध्यक्ष देवेन्द्र थुम्केली, क्लबका सदस्य तथा ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनाल, कलाकार यम थापा लगायतले बोल्दै भ्रष्टाचार विरुद्ध साहित्यिक आन्दोलनको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे ।

प्रकाशित : २० भाद्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६