ब्रेकिंग न्युज

वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा संस्थाद्धारा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न



पशुपति गिरी,कपिलवस्तु ।

वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा संस्था कोआयोजनामा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । यहि मिति २०७९ श्रावण ३१ गतेका दिन रुपन्देहीको देविनगर स्थित लुम्बिनी वाणिज्य क्याम्पसमा माध्यमिक तहको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो। उक्त प्रतियोगितामा रुपन्देहीका सामुदायिक र संस्थागत गरी २० वटा बिद्यालयहरुले सहभागीता जनाएको थियो । प्रतियोगीतामा मणीमुकुन्द कलेज प्रथम स्थान हासिल गर्न सफल भएको हो । यस्तै प्रतियोगितामा कान्ति मा.वि द्वितीय अक्सफोर्ड मा.वि. तृतिय र सुनगाभा मा.वि.शान्तोना स्थान हासिल गर्न सफल भएका छन् । प्रथम, द्वितीय, तृतीय तथा सान्तोना हुने प्रतियोगीलाई केहि नगद र प्रमाण पत्र प्रदान गरिएको थियो । आकृत रिजाल अध्यक्ष को सभापतित्वमा भएको कार्यक्रममा बुटबल उप–महानगरपालिका उप प्रमुख साबित्रादेवी अर्यालको प्रमुख अतिथ्यतामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रमुख अतिथि अर्यालले समाज रुपान्तरणको लागि लुकेर रहेका प्रतिभालाई समाजमा चिनाउनको लागि हाजिरी जवाफ प्रतियोगिता निकै महत्वपुर्ण रहेको बताईन । विजयी तथा सम्पुर्ण विद्यार्थीहरु र प्रतियोगितामा भाग लिने विद्यालयहरुलाई धन्यवाद दिदै यस्ता प्रतिभाहरुलाई पहिचान गर्ने कार्यक्रम पटकपटक गर्न सकेमा स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा योगदान दिन सकिने बताईन् । साथै कलेजले विद्यार्थीहरुलाई उद्यमशिलता, शिक्षा, खेलकुद लगायतका विषयहरुलाई सामाजिक रुपान्तरणसंग जोड्नु पर्ने उनको भनाई थियो । उक्त कार्यक्रममा आकृत रिजाल अध्यक्षता,सचिव अनिश ज्ञवालीको सञ्ंचालन तथा मनिष दहालको संयोजकतत्वमा सम्पन्न कार्यक्रममा रोटरेक्ट क्लब अफ बुटबल रामापुरका अध्यक्ष बिष्णु घिमिरे लगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित : १ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६