ब्रेकिंग न्युज

प्रहरीको स्कर्टिङमा फोहोर गाडी बन्चरेडाँडा लैजान खोजेपछि झडप



काठमाडौं १ भदौ। स्थानीयको विरोधको बाबजुत पनि प्रहरीले स्कर्टिङ गरेर फोहोरको गाडी बन्चरेडाँडामा लैजान खोजेपछि झडप भएको छ ।फोहोरको गाडी बञ्चरेडाँडामा पुगेसँगै स्थानीय र प्रहरीबीच झडप भएको हो । सो क्रममा प्रहरीले स्थानीय दिपेश कार्कीलाई नियन्त्रणमा लिएको अर्का स्थानीय दीलिप लामाले बताए ।

धुनवेशी नगरपालिका-१ का वडाध्यक्ष मानबहादुर तामाङका अनुसार प्रहरीले बल प्रयोग गरेर जबरजस्ती फोहोर बन्चरेडाँडामा खसाल्न थालेपछि स्थानीयले विरोध गरेका थिए । सो क्रममा प्रहरीले झडप भएको उनको भनाइ छ । प्रहरीले दमन गर्न खोजेपछि स्थानीयबासीहरुले डाँडामा चढेर डुँगा हान्न थालेका छन् ।फोहोरको गाडीको लागि सुरक्षाका लागि बन्चरेडाँडामा २५० भन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।मंगलबार प्रहरीले बल प्रयोग गरेर १८६ गाडी फोहोर फालेको थियो । स्थानीयको अवरोध हटाउनलाई प्रहरीले रबर गोली समेत प्रहार गरेको थियो । सो क्रममा एक जना घाइते पनि भएका थिए ।

प्रकाशित : १ भाद्र २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल