खोज–अनुसन्धान

शुद्धोधन जनजीवन माविले भन्यो : विद्यालयमा कुनै तनाव र खेलवाड छैन




कपिलवस्तु ३१ साउन। शुद्धोधन जनजीवन मावि जिनुवाले आफ्नो विद्यालयमा विद्यार्थीको भविश्य माथिकुनै खेलवाड नभएको दावि गरेको छ । छात्र मनिष गिरीको नाम जोडएर तनावमा छात्रछात्रा भनेर प्रकाशित समाचारमा आएको भन्दै त्यस्तो कुनै तनाव नै श्रृजना नभएको प्रअ अनिता कडेलले दावि गर्नु भएको छ । स्वयम विधार्थी र उनका अभिभावकले सो समाचार कहावाट आयो थाहा नभएको वताएको भन्द्र प्रअ कडेलले कसैले कुनै गलत मनसायले नभएको घटनालाई भए जस्तो गरी सूचना दिएको हुन सक्छ ।

तर त्यसको सत्यता पत्ता लगाएर छापिनु पर्नेमा त्यसको नभएको भन्दै उक्त समाचारको खण्डन गर्नु भएको हो। एक जना शिक्षकले आफ्नो सरुवाको विषयमा प्रअ संग भएको असहमतिको बदला लिन विधार्थीको नाम जोडेर समाचारको श्रोत खुलाएको र सोही आधारमा प्रेसपाटी सहितका अनलाइनले समाचार छापेकोमा वास्तविकता फरक पर्न गएको निष्कर्ष निकालिएको हो ।

प्रकाशित : ३१ श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६