अन्तर्राष्ट्रिय

अमेरिकी ५ सांसद ताइवानमा, चीनका ११ जहाज परिचालित




एजेन्सी ३१ साउन। अमेरिकी संसद्को पाँच सदस्यीय टोली ताइवान भ्रमणमा पुगेको छ । सभामुख न्यान्सी पेलोसीको विवादास्पद भ्रमणको १२ दिनपछि संसद्का पाँच जना सदस्य ताइवान पुगेका हुन् ।ताइपेइमा रहेको अमेरिकी दूतावासले भ्रमणको जानकारी दिँदै उनीहरु दुई दिनसम्म ताइवानमै रहने बताएको छ । डेमोक्र्याटिक सिनेटर एड मार्केको नेतृत्वमा पाँच सदस्यहरूले ताइवानी नेताहरूसँग क्षेत्रीय सुरक्षा, व्यापार र लगानीलगायतका विषयमा छलफल गर्नेछन् । समूहले राष्ट्रपति साइ इङ–वेनलाई भेट्ने कार्यक्रम रहेको छ । यसै महिनाको सुरुमा पेलोसीको भ्रमणपछि चीनले ताइवानको वरिपरि सबैभन्दा ठूलो सैन्य अभ्यास सुरु गरेको थियो ।

प्रकाशित : ३१ श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६